default_image

2 years ago

April 20, 2022

मिलान ‘डर्वी’मा जित निकाल्दै इन्टर मिलान फाइनलमा

66 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज चम्कदा इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मिलानोमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा मिलान डर्वीमा एसी मिलानलाई ३–० ले पराजित गर्दै इन्टरले फाइनलमा स्थान पक्का गरेको हो ।

इन्टरले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल गर्दा एक गोल रोविन गोसेन्सको नाममा रह्यो । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।

खेलको चौथो मिनेटमा नै मार्टिनेजको गोलबाट इन्टरले सुरुवाती अग्रता लिन सफल भयो । उनले माटियो डरमिएनको पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा मार्टिनेजले जोआक्विन कोरेआको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

त्यसपछि निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी रोविन गोसेन्सले गोल गर्दै मिलान डर्वीमा जित पक्का गरे । ७९औं मिनेटमा इभान पेरिसिसको स्थानमा मैदान छिरेका गोसेन्सले मार्सेलो ब्रोजोभिकको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै फाइनलमा पुगेको इन्टरले अब उपाधिका लागि युभेन्ट्स वा फियोरेन्टिनाबीचको विजेतासँग ११ मेमा खेल्नेछ । युभेन्ट्स र फियोरेन्टिनाको खेल आज राति हुँदैछ । पहिलो लेगमा युभेन्ट्स १–० ले अघि छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.