default_image

2 years ago

April 21, 2022

विवाईसी महिला गोल्डकप – उपाधिका लागि एपिएफ र पुलिस भिड्ने

79 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल पुलिस क्लब क्लब र एपिएफबीच कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको छैटौं दिन बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० ले हराउँदै पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ उपाधि नजिक पुगेको थियो । धनगढी रंगशालामा पुलिसलाई जित दिलाउँन निर्मला विकले २ गोल र अर्को गोल रेखा पौडेलले गरिन् ।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको सुरुवातमै पुलिसले अग्रता लिएको थियो । ४९ औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । ५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले अर्को गोल गरेपछि पुलिस फाइनलतर्फ अघि बढेको थियो । प्लेयर अफ द म्याच चुनिएकी पुलिसकी निर्मलाले ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरिन् ।

एपिएफ र पुलिसबीच फाइनल शनिबार साँझ साढे ६ बजे सुरु हुने आयोजकले जनाएको छ । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ र दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् प्रतियोगिताको मुख्य प्रबद्र्धक रहेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.