default_image

2 years ago

April 21, 2022

एन्फा जिल्ला निर्वाचन – बिहीबार ६ जिल्लामा को–को ?

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनका लागि अहिले जिल्ला फुटबल संघको निर्वाचन धमाधम भइरहेको छ ।

बिहीबार ६ जिल्ला फुटबल संघले नयाँ नेतृत्व पाएको छ । सुनसरीबाट नबिन राई, सप्तरीबाट राजकुमार परियार, संखुवासभाबाट भरत घिमिरे, बाराबाट रामचन्द्र लामा, नवलपरासीबाट धन प्रसाद गुरुङ र ललिपुरबाट पुरुषोत्तम थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

ललितपुरमा पुरुषोत्तम थापा पुनः निर्वाचित भएका हुन् । बिहीबार भएको संघको निर्वाचनबाट थापाले ६ ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी दिनेश व्यन्जनकारले ४ भोट पाए । उपाध्यक्षमा दिपक थापा मगर, प्रविन थापा र निरोज तुलाधर निर्वाचित भए ।

महासचिवमा प्रविन श्रेष्ठ र कोषाध्यक्षमा रजत राज खनाल मनोनित भएका छन् । सदस्यमा प्रितम शाक्य, पुस्कर केसी, शिव श्रेष्ठ, शिशिर बिक्रम हमाल, राजु केसी, शंकर कुमार थापा मगर, विश्वराज राई, कृष्ण कुमार थापा, सन्दन थापा मगर र राजन पन्त निर्वाचित भए ।

बाराको अध्यक्षमा रामचन्द्र लामा चयन भए । उपाध्यक्षमा राजकिशोर धामी, घनश्याम चौधरी र खुशी चौधरी चयन भएका छन् । यस्तै महासचिवमा उदय श्रेष्ठ चयन भएका छन् । सचिवमा विनोद प्रसाद साह र कोषाध्यक्षमा विनोद गुप्ता तथा सदस्यमा सन्तबहादुर वाइवा, शम्भुसिह ठकुरी, दुर्गाबहादुर थापा, महम्मद समिउल्लाह, कृष्णमणि चौधरी, मनोज कुमार जयसवाल, निरज कुवर र सोममाया रुम्बा निर्वाचित भए ।

यस्तै सुनसरी जिल्ला फुटबल संघको अध्यक्षमा नविन राई निर्वाचित भएका छन् । उपाध्यक्षमा मनोज थापा, भेषराज कार्की, महासचिवमा कोविद जंग कार्की, सचिवमा प्रताप तामाङ तथा कोषाध्यक्षमा सतिश केसी र महिला सदस्यमा शारदा लिम्बु चयन भए ।

सदस्यमा बाबुराम प्रसाद बजगाईं, देवचरण बहरदार, पशुपती कुमार सरदार, केशव कुमार कार्की, खेमराज कोइराला, घनश्याम बुढाथोकी, धन बहादुर राई, हिमाल थापा मगर, देबिन्द्र बास्तोला, अकलेश कुमार राई र गोपाल कार्की चयन भए ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.