default_image

2 years ago

April 22, 2022

एनफिल्डको ‘सद्भाव’ लाई रोनाल्डोको धन्यवाद

55 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एनफिल्डमा समर्थकले आफुप्रति देखाएको सद्भावलाई धन्यवाद दिएका छन् ।

लिभरपुलसँग खेल्नुअघि आफ्नो जुम्ल्याहा मध्येको एक छोरा गुमाएपछि रोनाल्डो शोकमा परेका थिए । त्यसपछि एनफिल्डमा रोनाल्डोलाई लिभरपुल र युनाईटेडका समर्थकले सम्मान गरेका थिए । लिग खेलको दौरान दुवै क्लबका समर्थकले ताली बजाएर रोनाल्डोको शोकमा एक्यबद्धता जनाएका थिए ।

लिभरपुलका समर्थकले खेल सुरु भएको सात मिनेटपछि क्लबको धुन गाउँदै रोनाल्डोको जर्सी प्रर्दशन गरेका थिए । उनीहरुले भनेका थिए । ‘तिमी कहिल्यै एक्लै हिड्ने छैनौं ।’ युनाईटेड र लिभरपुलका खेलाडीले रोनाल्डो र उनको परिवारको सम्मानमा हातमा कालोपट्टी लगाएर खेलेको थिए । रोनाल्डो अनुपस्थित रहेको खेलमा युनाईटेड ४–० ले पराजित बनेको थियो ।

रोनाल्डोले एनफिल्डमा लिभरपुलका प्रशंसकले दिएको सम्मान कहिल्यै नबिर्सने बताउँदै ‘एक विश्व, एक खेल, पुरा विश्वव्यापी परिवार, धन्यवाद एनफिल्ड ।’ रोनाल्डोले भनेका छन् ।

रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले सोमबार आफ्नो बच्चाको मृत्युको घोषणा गर्दै कुनैपनि अभिभावकले महशुश गर्न सक्ने सबैभन्दा ठुलो पिडा हो । ३७ वर्षिया रोड्रिग्वेज जुम्ल्याहा बच्चाको पर्खाईमा थिइन् । उनीहरुकी छोरी भने सकुशल अवस्थामा छिन् । ‘हामीलाई यसले केही आशा र खुसीका साथ बाँच्न बल दिनेछ ।’ उनीहरुले भनेका छन् ।

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

Success

Thank you for your time.