default_image

2 years ago

April 24, 2022

रियल बेटिस १७ वर्षपछि कोपा डेल रे च्याम्पियन

282 views

0 Bookmark

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै रियल बेटिस १७ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल १–१ गोलको तथा अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइदा रियल बेटिसले बाजी मारेको हो ।

टाइब्रेकरमा रियल बेटिसका सबै पाँच खेलाडीले गोल गर्दा भ्यालेन्सियाको एक प्रहारले पोस्टको दिशा लिन सकेन । रियल बेटिसका विलियम जोश, जोआक्विन, आन्द्रेस गुआरडाडो, क्रिस्टियन टेलो र जुआन मिरान्डाले गोल गरे । भ्यालेन्सियाका कार्लाेस सोलेर, युरोस रासिस, गोन्कालो गुइडेस र जोस गायाले गोल गर्दा युनुुस मुसाहाले गोल गर्न सकेनन् ।

त्यसअघि सेभिलमा भएको खेलको ११औं मिनेटमा बोर्जा इग्लिसिएसले गोल गर्दै बेटिसलाई सुरुवाती अग्रता दिलाएका थिए । ३०औं मिनेटमा ह्युगो डुरोले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।

पाँचपटक फाइनल खेल्दा तेस्रोपटक च्याम्पियन बनेको बेटिसले सन् २००५ पछि पहिलोपटक उपाधि जितेको हो । रियल बेटिसले यसअघि १९३१, १९७६–७७, १९९६–९७ र २००४–०५ को सिजनमा फाइनल खेलेको थियो । १९७६–७७ र २००४–०५ को सिजनमा उपाधि जितेको थियो ।

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

Success

Thank you for your time.