default_image

2 years ago

April 25, 2022

पूनरागमन जित निकाल्दै एसी मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – लाजियोमाथि पूनरागमन जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । लाजियोमाथि २–१ को पूनरागमन जित निकालेपछि शहरी प्रतिद्धन्द्धी इन्टर मिलानलाई पछि पार्दै मिलान शीर्षस्थानमा उक्लन सफल भएको हो । रोमामा आइतबार राति भएको खेलमा मिलानको पूनरागमन जितमा ओलिभर जिरुड र सान्द्रो टोनालीले गोल गरे । घरेलु टोली […]

144 views

0 Bookmark

एजेन्सी – लाजियोमाथि पूनरागमन जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लन सफल भएको छ । लाजियोमाथि २–१ को पूनरागमन जित निकालेपछि शहरी प्रतिद्धन्द्धी इन्टर मिलानलाई पछि पार्दै मिलान शीर्षस्थानमा उक्लन सफल भएको हो ।

रोमामा आइतबार राति भएको खेलमा मिलानको पूनरागमन जितमा ओलिभर जिरुड र सान्द्रो टोनालीले गोल गरे । घरेलु टोली लाजियोका सिरो इमोविलेको गोल सान्त्वना बन्यो । खेलको चौथो मिनेटमा नै सिरो इमोविलेको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले सेर्गेज मिलिन्कोभिक साभिकको पासलाई सदुपयोग गरेका थिए ।

पहिलो हाफमा पछि परेको मिलानले दोस्रो हाफको शुरुमै बराबरी गोल फर्काउन सफल भयो । ५०औं मिनेटमा ओलिभर जिरुडले राफयल लियोको पासमा गोल गर्दै मिलानलाई खेलमा फर्कने संकेत दिए । त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सान्द्रो टोनालीले गोल गर्दै मिलानलाई महत्वपूर्ण ३ अंक दिलाए । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै शीर्षस्थानमा उक्लिएको मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई २ अंकले पछि पारेको छ । मिलानको ३४ खेलबाट ७४ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ७२ अंक छ । पराजित लाजियो ५६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

अन्य नतिजा
सालेरनिटानाविरुद्ध फियोरेन्टिना (–१), बोलोग्नाविरुद्ध उडिनेस (२–२), इम्पोलीविरुद्ध नेपोली (–२) र जिनोआविरुद्ध क्याग्लिएरी (–०)

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.