default_image

4 years ago

April 28, 2022

क्लोपद्धारा लिभरपुलमा सम्झौता नविकरण

199 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जर्मन प्रशिक्षक योर्गेन क्लोपले क्लबसँगको सम्झौता नविकरण गरेका छन् । क्लोपले लिभरपुलसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् ।

क्लोपले आफ्नो सम्झौता २०२४ को सिजनको अन्त्यसम्म रहेको र त्यसपछि एनफिल्ड छाड्ने मनासय बनाएपनि उनले क्लबमै बस्ने मनासय बनाएको हो ।

सम्झौता पुष्टि भएपछि लिभरपुलको आधिकारिक वेबसाइटमा बोल्दै क्लोपले भने, ‘यस समाचारको बारेमा म कस्तो महसुुस गरिरहेको छु भनेर वर्णन गर्न धेरै शब्दहरु प्रयोग गर्न सक्छु । खुशी, नम्र, धन्य र विशेषाधिकार प्राप्त र उत्साहित सुरुवात । मलाई थाहा थियो कि म यहाँ आउनुभन्दा पहिले र म आएपछि अझ राम्ररी थाहा पाएको छु ।’

क्लोप सन् २०१५ को अक्टोवरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट दुई वर्षको लागि क्लबमा अनुबन्ध भएका थिए । त्यसको एक वर्षपछि क्लोपले लिभरपुलसँग थप ६ वर्षको सम्झौता गरेका थिए

५४ वर्षीय क्लोपको प्रशिक्षणमा लगातार उच्च प्रदर्शन गरिरहेको लिभरपुलले समान एकपटक प्रिमियर लिग, इएफएल कप, युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन् । यो २०१८ देखि २०२० को सिजनसम्म हो ।

क्लोपकै प्रशिक्षणमा लिभरपुल यो सिजन चार उपाधि नजिक रहेको छ । इएफएल कपको उपाधि जितिसकेको लिभरपुल एफए कपको फाइनलमा तथा प्रिमियर लिग र च्याम्पियन्स लिगको पनि उपाधि नजिक छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.