3 years ago
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोटको तेस्रो चरण खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज (शुक्रबार) क्यामरुनको एभेनिर एफसी डाउलासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ । यो मैत्रीपूर्ण खेलको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिडिया र दर्शकलाई प्रवेश नदिने बताइएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण राष्ट्रिय टोलीका सिनियर खेलाडी १० खेलाडी यो मैत्रीपूर्ण खेलमा उपलब्ध हुने छैनन् । होटेल कि होस्टेल राख्ने भन्ने विषयमा विवाद हुँदा सिनियर १० खेलाडी एकातिर र प्रशिक्षक अलमुताइरीले उनीहरुको विकल्पमा १४ नयाँ खेलाडीलाई टोलीमा समेट्दै प्रशिक्षण सुरु गरिसकेको छ । त्यही टोलीले नै एभेनिरविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रशिक्षकले नै क्याम्प छोड्न भनेपछि सुरुमा रोहित चन्द र त्यसपछि अन्य ९ खेलाडीले क्याम्प छोडेका थिए । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व गरिरहेका रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, अनन्त तामाङ, अन्जन विष्ट, विशाल श्रेष्ठ, विमल घर्तीमगर, दिनेश राजवंशी, तेज तामाङ र सुमन लामा टोलीमा हुनेछैनन् ।
एभेनिरविरुद्ध दीप कार्कीले नेपालको पोस्ट सम्हाल्ने सम्भावना छ । डिफेन्समा शिव गुरुङ, राजन गुरुङ, विकास तामाङ, विकास खवास, सुमन अर्याल र गौतम श्रेष्ठ रहेका छन् । मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट, सुनिल बल, आयुष घलान, सन्तोष तामाङ, सुशील राई, रुप बहादुर लामा, सेसेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र आकाश बुढा मगर रहेका छन् । फरवार्डमा मनिष डाँगी, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ र सन्जोक राई रहेका छन् ।
क्यामरुनको एभेनिर एफसी डाउला नेपालमा मोफसलको विभिन्न गोल्डकप खेल्न आएको टोली हो । एभेनिरले मोफसलको विभिन्न गोल्डकप खेलेपनि उपाधि भने जित्न सकेको छैन ।
एसियन कपका लागि नेपालले २ बैशाखबाट प्रशिक्षण थालेको थियो । एसियन कप २०२३ छनोटमा समूह ‘ए’ मा नेपालले जेठ २५ मा जोर्डन, २८ मा कुवेत र जेठ ३१ मा इन्डोनेसियाविरुद्ध कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ ।
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]