default_image

2 years ago

May 8, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

60 views

0 Bookmark

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अन्तिम समयमा सम्हालिन नसक्दा वल्भ्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो ।

चेल्सीका लागि रोमेलु लुकाकुको दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । वल्भ्सका ट्रिन्काओ र कोनर कोडेले गोल गर्दै चेल्सीबाट अंक खोस्न सफल भए ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको ३८औं मिनेटमा रुवेन लफटस चिकले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा चेल्सीले अग्रता लिन सकेन । ५६औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । लगत्तै ५८औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाए ।

७९औं मिनेटमा ट्रिन्काओले चिक्विन्होको पासमा गोल गर्दै वल्भ्सलाई खेलमा फर्कने संकेत दिए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा कोनर कोडेले गोल गर्दै चेल्सीलाई जितबाट वञ्चित गराए ।

यो बराबरीसँगै चेल्सी ३५ खेलबाट ६७ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । वल्भ्स ५० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

अर्काे खेलमा क्रिस्टल प्यालेसँग १–० ले पराजित हुँदै वाट्फोर्ड रेलिगेसनमा परेको छ । वाट्फोर्डको ३५ खेलबाट २२ अंक रहेको छ । अब बाँकी रहेको तीन खेलमा सफलता हात पारेपनि वाट्फोर्डलाई केही हुनेछैन । नर्विच सिटी पनि रेलिगेसनमा परिसकेको छ ।

अन्य नतिजा
ब्रेन्टफर्डविरुद्ध साउथह्याम्टन (–०), बर्नलेविरुद्ध एस्टन भिल्ला (१–), ब्राइटनविरुद्ध म्यानचेस्टर युनाइटेड (–०) र लिभरपुलविरुद्ध टोटेनहम (१–१)

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.