3 years ago
May 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट चरणका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले क्यामरुनको एभेनिर एफसी डोउलामाथि सानदार जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले एभेनिरमाथि ४–१ को फराकिलो जित निकालेको हो । नेपालको जितमा जर्जप्रिन्स कार्कीले दुई गोल तथा मनिष डाँगी र दर्शन गुरुङले समान गोल गरे ।
एभेनिरमाथि नेपालले तेस्रो अभ्यास खेलमा जित निकाल्न सफल भएको हो । यसअघिको दुई खेल गोलरहित बराबरीमा सकिएको थियो ।
बन्द प्रशिक्षणमा रहेका सिनियर १० खेलाडी, व्यवस्थापन र मुख्य प्रशिक्षकबीचको विवादपछि हाल राष्ट्रिय टोलीमा नयाँ र युवा खेलाडीहरु रहेका छन् । सिनियर १० खेलाडीले क्याम्प छोड्न बाध्य भएपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १७ नयाँ खेलाडीलाई टोलीको प्रशिक्षणमा समेटेको थियो ।
त्यसमध्ये गोलरक्षक विकेश कुथु सुरुवातमै अनुपस्थित रहे । त्यसपछि भारतीय सेनामा कार्यरत भविन्द्र मल्ल ठकुरीले पनि केही दिन प्रशिक्षणमा जोडिदै प्रशिक्षक र खेलाडीबीचको विवादमा नपर्ने भन्दै क्याम्प छाडिसकेका छन् ।
थप अभ्यास र प्रशिक्षणका लागि नेपाली टोली यसै साता कतार जाने सम्भावना छ । त्यहाँ नेपाली टोलीले अफगानिस्तानसँग मे २५ र २९ मा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
एएफसी एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले आयोजक कुवेत, जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]