default_image

3 years ago

May 11, 2022

चेल्सीका डिफेन्डर रियल म्याड्रिडमा अनुबन्धित

236 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका जर्मन सेन्टर ब्याक एन्टोनियो रुडिगर स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रुडिगरले रियलसँग ४ वर्षको सम्झौता गरेको हो ।

सम्झौता अनुसार रुडिगर सन् २०२६ सम्म म्याड्रिडमा रहनेछ । उनले बुधबार मेडिकल गराइसकेका छन् । जर्मन सेन्टरब्याक जसको चेल्सीसँगको सम्झौता जुनमा सकिदैछ । उनले आफ्ना एजेन्टमार्फत फ्रि ट्रान्सफरमा सान्टियागो बर्नाबेउ आइपुग्नेछन् ।
यद्यपि, रुडिगरको विषयलाई क्लबले आधिकारिक रुपमा केही भनेको छैन, क्लबले मे २८ मा पेरिसमा च्याम्पियन्स लिग फाइनलपछि घोषणा गर्ने अपेक्षा गरिएको छ ।

यो सम्भवत अर्को हप्ता हुनेछ किनकि यो खेलाडीले नेसन्स लिगको लागि जर्मन राष्ट्रिय टोलीसँग प्रशिक्षण सुरु गर्नुअघिको योजना हो । रियल म्याड्रिड र रुडिगर पहिले नै एक सम्झौतामा पुगिसकेका थिए, तर केहि कागजी प्रक्रिया रहँदा मंगलबार सबै पुरा भएको हो ।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पनि रुडिगरलाई अनुबन्ध गर्न आग्रह गरेका थिए । सेन्टरब्याकको रूपमा जर्मन र इडर मिलिसाओको साथमा डेभिड अलाबाले खेल्नेछन् ।

२९ वर्षीय रुडिगरले यो सिजन चेल्सीमा उत्कृष्ट समय व्यतित गरेका छन् । विशेषगरी च्याम्पियन्स लिगमै रियलविरुद्ध रुडिगरले गज्जवको प्रदर्शन गरेका थिए । सन् २०१७ देखि चेल्सीमा रहेका रुडिगरले हालसम्म चेल्सीका लागि १९९ खेल खेल्दा १२ गोल गरेका छन् ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.