default_image

2 years ago

May 11, 2022

एन्फा अध्यक्ष शेर्पालाई आरोप प्रमाणित गर्न थापाको चुनौती

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षे प्रतिबन्ध भोगिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले विगतमा आफूमाथि एन्फा अध्यक्ष कर्मा छिरिङले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

सामाजिक सञ्चालमार्फत झुट्टा आरोपले आफू र परिवारमाथि अन्यायमा परेको, मानसिक रुपमा प्रतिडित भएको बताउँदै आएका थापाले बुधबार पत्रकार सम्मेलनमार्फत सोहि प्रसंग दोहाराउँदै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न वा कारवाही भोग्न तयार रहन थापाले अध्यक्ष शेर्पालाई चुनौति दिएका छन् ।

यसअघि जस्तै एन्फा निर्वाचनको अगाडि थापाले शर्पाविरुद्ध पत्रकार सम्मेलन गरेका छन् । यद्दपी चार वर्ष अघिको पत्रकार सम्मेलन भने उनले एक खेलकुद संस्थाको घोषणाको प्रयोजनका लागि आयोजना गरेका थिए । तर, त्यसको अधिकांश समय उनले शर्पाविरुद्ध नै बोलेका थिए ।

यसपटक असार ६ गते एन्फा कार्यसमितिको निर्वाचन हुँदैछ । पुनः अध्यक्षको प्रत्यासीका रुपमा हेरिएका शेर्पाले औपचारिक घोषणा भने गरिसकेका छैनन् । यसपटकको पत्रकार सम्मेलनमा एएफसीका पूर्व उपाध्यक्ष समेत रहेका थापाले बुँदागत रुपमा १४ वटा आरोप प्रमाणित गर्न शेर्पालाई चुनौती दिएका छन् ।

गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरुले दिएको रकमहरु पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता गरेको, एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको ८ करोड रुपिया तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम ब्याजमा लगाएको, एन्फालाई आएको रकम परिवारको नाममा राखी अनियमितता गरेको, खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपयाँको स्रोत नखुलेको, साथी संस्थालाई १ लाख ५० हजार डलर दिएको, ६. एन्फाको रकम ३२ प्रतिसतमा ब्याजमा लगाएको, रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको भन्ने झुटा आरोप शेर्पाले आफूलाई लगाएको थापाले दाबी गरेका छन् ।

त्यस्तै सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको, कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको, एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको, साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको, अरेन्ज प्रोजेक्टर सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको, एन्फा कम्प्लेक्स बनाउँदा हिनामिना गरेको भन्ने आरोप प्रमाणित गर्न थापाले चुनौती दिएका छन् ।

‘उहाँका यस्ता निराधार आरोपहरुका कारण विगत सात वर्षदेखि म र मेरो परिवारमा अत्यन्तै गहिरो मानसिक आघात पुगेको छ । कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारवाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँही सफाई दिएको भन्ने भ्रम पर्न गएको छ,’ पत्रकार सम्मेलनमा थापाले भने, ‘त्यसकारण अब यो विवादको अन्त्य हुन जरुरी छ । म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं । यसअर्थमा अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन् । उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ । त्यसो भए म कार्बाही भोग्न तयार छु । अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुदा नम्बर ३ अनुसार उहाँले कार्बाही भोग्नुपर्छ । एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न ।’

उनले थपे, ‘कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कार्बाही हुने फिफाको कोड अफ इथिक्समा स्पष्ट रुपमा लेखिएको छ । उहाँका निराधार आरोपहरुबाट मेरो करिब २२ वर्षे कार्यकालमा इमान्दारीतापूर्वक गरेका काममा भ्रम रहिरहने भयो ।’

आफूमाथि लागेको भ्रमण चिर्न थापाले राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, एसियाली फुटबल महासंघ र फिफासमक्ष पनि न्यायका लागि गुहार माग्ने बताएका छन् । उनले स्थानिय निर्वाचनपछि जेठ ३ गतेबाट प्रक्रिया अघि बढाउने समेत जानकारी दिए । यदि आफ्नो मागको सुनुवाई नभएको खण्डमा अदालत सम्म जान सक्ने उनको भनाई थियो ।

निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको एन्फाको कार्यसमिति बैठकमा शेर्पाले संवैधानिक आयोगको निर्णय मान्दै आफूले गरेका भ्रमपूर्ण प्रचारबाजीका निमित माफी मागेको प्रसंग स्मरण गराउँदै थापाले पत्रकार सम्मेलनेमा भने, ‘जसलाई मैले सहजतापूर्वक लिएको थिएँ । तर तुरुन्तै उहाँले माफी मागेको छैन भनेर एन्फाको औपचारिक बैठकमा बोलेको कुरा फिर्ता लिनुभयो । तर उहाँले मेरा विषयमा विभिन्न मिडियाले राखेका प्रश्नमा अख्तियारले तामेलीमा राखेको छ भन्नेजस्तो र सार्वजनिक लेखा समितिले कार्बाही गर्यो, फिफाले पनि कार्बाही गर्यो भन्नेजस्ता भ्रमपूर्ण अभिव्यक्ति दिने क्रमलाई अझैसम्म रोक्नुभएको छैन ।’
थापाले शेर्पालाई प्रश्न गर्दै भने, ‘उहाँले नै उठाएका प्रश्नको सत्यता प्रमाणित गर्नका लागि चुनौती दिन चाहन्छु की सार्वजनिक लेखा समितिले मलाई कहाँ कार्बाही गरेको छ ? फिफाले मलाई गरेको कार्बाही तपाईले लगाएका आरोपका आधारमा हो ? अख्तियारले गरेको निर्णय तपाईलाई चित्त नबुझेको भए यति लामो समयसम्म तपाई के हेरेर बसिरहनु भएको छ ?’

थापाले आफ्नो २२ वर्षे भन्दा लामो कार्यकाल र शेर्पाको ४ वर्षे कार्यकालको छानविन गर्न पनि अपिल गरेका छन् । शेर्पाको कार्यकाल सकिने क्रममा रहँदा पनि उनले माफी नमागेको नयाँ प्रक्रियामा अघि बढेको उल्लेख गर्दै थापाले भने, अब माफी होइन कारवाही हुनुपर्दछ । म दोषी भए मलाई कारवाही होस् । एन्फा निर्वाचनसँग अहिलेको प्रसंगलाई जोड्न आवश्यक नरहेको जनाउँदै थापाले आफूले न्यायका लागि आवाज उठाएको बताएका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.