default_image

2 years ago

May 12, 2022

ब्रुएनाको चार गोलमा सिटीको सानदार जित

एजेन्सी – बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको चार गोल सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले वल्भ्समाथि उसकै मैदानमा ५–१ को भारी अन्तरको जित निकाल्न सफल भएको हो । सिटीका लागि थप एक गोल रहिम स्टर्लिङको नाममा रह्यो । वल्भ्सका लिन्डर डेन्डनकरले एक गोल फर्काए । सिटीले पहिलो हाफमै […]

95 views

0 Bookmark

एजेन्सी – बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको चार गोल सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । सिटीले वल्भ्समाथि उसकै मैदानमा ५–१ को भारी अन्तरको जित निकाल्न सफल भएको हो ।

सिटीका लागि थप एक गोल रहिम स्टर्लिङको नाममा रह्यो । वल्भ्सका लिन्डर डेन्डनकरले एक गोल फर्काए । सिटीले पहिलो हाफमै ३–१ को अग्रता लिदा दोस्रो हाफमा दुई गोल थप्दै फराकिलो जित सुनिश्चित गरेको हो ।

वल्भरह्याम्टनमा बुधबार राति भएको खेलको सातौ मिनेटमा केभिन डि ब्रुएनाको गोलबाट सिटीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले बर्नाडो सिल्भाकिो पासमा गोल गर्न सफल भएका थिए । ११औं मिनेटमा लिन्डर डेन्डनकरले बराबरी गोल फर्काए ।

१६औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । २४औं मिनेटमा ब्रुएनाले ह्याट्रिक पुरा गरेपछि सिटी पहिलो हाफमा ३–१ ले अघि बढ्यो ।

६०औं मिनेटमा ब्रुएनाले व्यक्तिगत र टोलीका लागि चौथो गोल थप्दा सिटी ४–१ ले अघि बढ्यो । ८४औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ५–१ को सानदार जित दिलाए ।

यो जितसँगै उपाधि संघारमा रहेको सिटीको ३६ खेलबाट ८९ अंक पुग्दा दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि पारेको छ । पराजित वल्भ्स ५० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.