default_image

2 years ago

May 19, 2022

सिटी वा लिभरपुल, कसले जित्ला प्रिमियर लिग?

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा अन्तिम खेल बाँकी रहँदा अझैपनि उपाधिको छिनोफानो हुन सकेको छैन । उपाधि दौडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेका छन् । एक खेल बाँकी रहँदा सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई १ अंकले पछि पारेको छ । अग्रताको आधारमा म्यानचेस्टर सिटी नै प्रिमियर लिग च्याम्पियन बन्ने बलियो सम्भावना छ । तर लिगको […]

111 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा अन्तिम खेल बाँकी रहँदा अझैपनि उपाधिको छिनोफानो हुन सकेको छैन । उपाधि दौडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेका छन् ।

एक खेल बाँकी रहँदा सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई १ अंकले पछि पारेको छ । अग्रताको आधारमा म्यानचेस्टर सिटी नै प्रिमियर लिग च्याम्पियन बन्ने बलियो सम्भावना छ । तर लिगको अन्तिम खेल एकै समयमा हुने कारण दुवै नतिजाले उपाधि होडमा प्रत्यक्ष असर गर्नेछ ।

सिटीले ३७ खेलबाट ९० अंक जोडेको छ । वेस्ट ह्याम युनाइटेडविरुद्ध सिटीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर २–२ गोलको बराबरी खेल्दै उपाधि होडमा अघि रहन सफल भयो । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलमाथि १ अंकको अग्रता लिएको छ । यता लिभरपुल मंगलबार राति साउथह्याम्प्टनलाई २–१ ले पराजित गर्दै उपाधि होडमै उभिएको हो ।

लिभरपुलले अन्तिम खेलमा प्रिमियर लिग जितेर घरेलु ट्रेबल पूरा गर्न सिटीले अंक गुमाउनुपर्नेछ भने लिभरपुलले जित निकाल्नुपर्नेछ ।

म्यानचेस्टर सिटीले कसरी जित्छ प्रिमियर लिग ?

लिभरपुल अन्तिम खेल जिते ९२ अंकमा पुग्न सक्छ । म्यानचेस्टर सिटी हाल ९० अंकमा छ । यदि उसले आफ्नो अन्तिम खेल एस्टन भिल्लालाई हराए सिटी च्याम्पियन बन्नेछ ।

लिभरपुलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले पराजित गरेपछि उपाधिको छिनोफनो अन्तिम म्याच डेमा पुगेको हो । अब अन्तिम खेलमा लिभरपुलले अंक गुमाएको खण्डमा भने सिटी जस्तो नतिजा आएपनि च्याम्पियन बन्नेछ । अंक बराबरी भएपनि गोल अन्तरमा सिटी निकै अघि छ ।

लिभरपुलले कसरी जित्छ प्रिमियर लिग ?

यदि लिभरपुलले अबको खेल जिते म्यानचेस्टर सिटीले आफ्नो अन्तिम खेलमा अंक गुमाए भने लिभरपुल च्याम्पियन बन्नेछ । जितले लिभरपुलको ९२ अंक हुँदा सिटीको अन्तिम खेल बराबर भए ९१ अंक मात्र पुग्नेछ ।

म्यानचेस्टर सिटी र लिभरपुलको आगामी खेल

म्यानचेस्टर सिटीले सिजनको अन्तिम खेलमा एस्टन भिल्लालाई घरेलु मैदान इतिहाद स्टेडियममा निम्तो दिनेछ । लिभरपुलले पनि मे २२ मा घरेलु मैदान एनफिल्डमा वल्भ्ससँग खेल्नेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.