default_image

9 years ago

December 10, 2016

बार्सिलोना ३-० ओसासुना, मेसीको दुई गोल

179 views

0 Bookmark

एजेन्सी- आज भएको स्पेनिश ला लिगको खेलमा बार्सिलोनाले ओसासुनालाई ३-०ले पराजित गरेको छ । यो नजिता पश्चात क्याटालान क्लबले रियल मड्रीडसँगको अंक दुरी ३ मा घटाएको छ यधपी रियलले एक खेल कम खेलको छ । 

messi-vs-osasuna

आजको दिनको पहिलो खेल मै घरेलु टोली ओसासुनालाई बार्सिलोनले ३-०ले पराजित गरेको हो । बार्सिलोनका लागि प्रतिबन्धका कारण खेल्न नपाएका नेमारको स्थानमा च्याम्पियन्स लिगमा ह्याट्रीक गर्ने टुरन खेलेका थिए । खेलको पहिलो हाल्फमा बार्साले धेरै अवसर खेर फाल्यो र गोलको लागि ५९औ मिनटसम्म कुर्न पर्‍यो, सुआरेजले गोल गर्दै बार्साको लागि खाता खोलेका थिए ।

खेलको दोस्रो र तेस्रो गोल मेसीले ७३ र ९० मिनटमा गरेका थिए । यो दुइ गोल पश्चात मेसीको ओसासुना बिरुद्धको गोल संख्या २० पुगेको छ । आफ्नो क रि य रको ५५०औ खेल खेलेका मेसीले आफ्नो गोल संख्या ४७५ पुराएका छन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.