default_image

2 years ago

May 20, 2022

क्रिस्टल प्यालेसलाई हराउँदै एभर्टन रेलिगेसनबाट जोगियो

83 views

0 Bookmark

एजेन्सी – क्रिस्टल प्यालेसमाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै एभर्टन यो सिजनको इंग्लिस प्रिमियर लिगको रेलिगेसनबाट जोगिएको छ ।

घरेलु मैदानमा पहिलो हाफमै २–० ले पछि परेको स्थिति उल्ट्याएर ३–२ को जित निकाल्दै एभर्टन रेलिगेसनबाट जोगिएको हो । एभर्टनको पूनरागमन जितमा माइकल किन, रिचार्लीसन र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । क्रिस्टल प्यालेसका जिन फिलिप माटेटा र जोर्डन एयुले गोल गरे ।

गुडिसन पार्कमा बिहीबार राति भएको खेलको २१औं मिनेटमा जिन फिलिप माटेटाको गोलबाट क्रिस्टल प्यालेसले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले इवेरेची इजीको पासमा गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा जोर्डन एयुले गोल गरेपछि एर्भटन घरेलु मैदानमा पहिलो हाफमा २–० ले पछि परेको थियो ।

पहिलो हाफमा पछि परेको एभर्टनले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । ५४औं मिनेटमा माइकल किनले मासन होल्गेटको पासमा गोल गर्दै एभर्टनलाई खेलमा फर्कने संकेत दिए ।

७५औं मिनेटमा रिचार्लीसनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई ३–२ को रोमाञ्चक पूनरागमन जित दिलाए । उनले डेमाराई ग्रेको फ्रिकिकमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै एभर्टनको ३७ खेलबाट ३९ अंक पुगेको छ । अब एभर्टनले आफ्नो अन्तिम खेलमा हार भोगेको अवस्थामा रेलिगेसन जोनमा रहेका बर्नले र लिड्स युनाइटेडले जित निकालेपनि केही फरक पर्नछैन ।

नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परिसक्दा अब बर्नले र लिड्समध्ये एक टोली रेलिगेसनमा पर्नेछ । पराजित प्यालेस ४५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.