default_image

2 years ago

May 23, 2022

शेर्पा समूहद्धारा उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पा समूहद्धारा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनका लागि प्यानलकै घोषणा गरेको हो । अध्यक्षमा कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा सरस्वती युथ क्लबका शिक्षित पराजुली, उपाध्यक्षमा दिर्घ बहादुर केसी (कुमार), रत्न कुमार […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पा समूहद्धारा उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनका लागि प्यानलकै घोषणा गरेको हो । अध्यक्षमा कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा सरस्वती युथ क्लबका शिक्षित पराजुली, उपाध्यक्षमा दिर्घ बहादुर केसी (कुमार), रत्न कुमार श्रेष्ठ, उपेन्द्रमान सिंह र विज्ञानराज शर्माले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यमा फ्रेण्डस क्लबका दिपक थापा, सिराहा जिल्ला फुटबल संघका अध्यक्ष प्रविण यादव, सागा क्लबका रुपेश अधिकारी, लमजुङ जिल्ला फुटबल संघका लोकेन्द्र गुरुङ, बागलुङ जिल्ला फुटबल संघका राम राजा गुरुङ, मकवानपुरका टिकाराम लामा, बाँकेका प्रदेश संह राठौर, जुम्लाका भरत गुण थापा, मछिन्द्रका टिम व्यवस्थापक अनिल श्रेष्ठ, च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट र श्री भगवती क्लबका अध्यक्ष मनिष जोशीले उम्मेदवारी दिएका छन् ।

महिला सदस्यमा अहिले उम्मेदवारी नदिएको सहमतिमै लैजाने प्रयास गरिने एन्फाका महासचिव तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी गराए । उनले यो उम्मेदवारी घोषणा कार्यक्रममा कसैलाई जवरजस्ती नगरेको र कार्यक्रममा ५४ मताधिकार प्रतिनिधि उपस्थित रहेको बताए । उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका मानार्थ अध्यक्ष टासी घलेले शुभकामना सन्देश पठाएको यही टिमलाई पूर्ण सहयोग र समर्थन गरेको जनाएको छ ।

यसअघि एन्फका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । फ्रेन्ड्स क्लबका राजीव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फको केन्द्रिय निर्वाचन असार ६ मा हुँदैछ ।

आसन्न निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले कोभिड महामारीका कारण सोचेअनुसार काम गर्न नपाएको स्वीकार्दै आफ्नो कार्यकालमा आफूलाई विकासको पक्षमा काम गर्न बाधा हाल्नेहरु अहिले चुनावमा पनि आफ्नो विरुद्ध लागेको आरोप लगाएका छन् ।

‘महामारीको समयमा लिगलाई निरन्तरता दियौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना तथा सहभागिता जनायौं । यो कोभिडको समयमा हामीले ३४ अन्तर्राष्ट्रिय खेल र खेलाडीलाई १ सय २० दिनभन्दा बढी सुविधासम्पन्न होटेलमा राख्यौं ।’ कर्माले पत्रकार सम्मेलनमा भने, ‘यि बाहेक क्यापासिटी बिल्डिङअन्तर्गत प्रशिक्षण र रेफ्रीका कोर्स, आर्थिक नियमावली, खेलाडी दर्ता नियमावली बनायौं । अनलाईन दर्ता प्रक्रिया थाल्यां । हिजो लाइने लागेर गर्नुपथ्र्याै । अब अनलाइनबाटै खेलाडी दर्ता हुन्छ ।’

क्लब लाइसेन्स पनि आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि रहेको अध्यक्ष शेर्पाले बताए । पूर्व अध्यक्ष गणेश थापालाई संकेत गर्दै अध्यक्ष शेर्पाले आफुले फुटबल छाडेपछि फुटबलको विषयमा कुरै नगर्ने र आफ्नो काम गरेर बस्ने बताए ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भनिएको भ्रष्टचारको जिम्मेवार सम्पूर्ण कार्यसमिति भएको बताएका छन् । ‘एन्फामा जुन भ्रष्टचार भयो भनिरहनु भएको छ, वहाँहरु पनि कार्यसमितिमा हुनुहुन्छ, भ्रष्टाचार भए उहाँहरू पनि जिम्मेवार होइन र ?’ संकटाका अध्यक्ष तुलाधरले भने ।

लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका अध्यक्ष सुनिल कपालीले कर्माछिरिङ शेर्पाको नेतृत्वपछि क्लबका सुविधा वृद्धि गर्नुका साथै लिगलाई व्यवस्थित गरेका कारण एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वले निरन्तरता पाउनुपर्ने बताएका छन् ।

‘एन्फामा भ्रष्टाचार भयो भनिरहेको छ । भ्रष्टाचार भएको भए मछिन्द्रले अहिलेसम्म पुरस्कार नै पाएको छैन । एन्फाले पुरस्कार त दिन सकिरहेको छैन, कहाँबाट भ्रष्टाचार गर्नु ? भ्रष्टाचार भएको भए प्रमाणित गर्नुप¥यो । नत्र कार्यसमितिमा बसेर सबै सुविधा लिने अनि चुनाव उठ्न मनगणन्ते कुरा गरेर भ्रमित पार्नु भएन ।’

कपालीले नेम्वाङ पक्षबाट उम्मेदवारी घोषणा गरेका अनुहारमाथि विश्वास नरहेको पनि प्रष्ट्याए । ‘त्यहाँ कस्ता कस्ता अनुहार उठेका छन् । उनीहरुले नेपालको फुटबल विकास गर्ने विश्वास गर्न सक्छ ? उनीहरुको नेपाली फुटबलमा लगानी के ? उनीहरुको लगानी नै छैन । हामीले नेपाली फुटबलमा लगानी गर्ने मानिस चाहेको हो । त्यस्ता जिल्ला र क्लब मिलेर नेपाली फुटबललाई अगाडि बढाउनुपर्छ । तर त्यहाँको अनुहार ठिक छैन ।’ उनले थपे ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठले पनि पछिल्लो पाँच वर्ष गरेको कामको आधारमा शेर्पा प्यानललाई थप एक कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने विचार राखे । ‘विगत पाँच वर्षको काम हेर्दा यो नेपाली फुटबलको गोल्डेन इरा हो । उम्मेदवार हेरेर सक्षमलाई मत दिनुहोस् । मेरो विचारमा पछिल्लो समय गरेको कामको आधारमा उहाँले थप एक कार्यकालका लागि हक राख्नुहुन्छ ।’ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले शेर्पा प्यानललाई पुन जिताउन मतदाताहरुसँग आह्वान गरे ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.