default_image

2 years ago

June 5, 2022

हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध

112 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्ड स्तब्ध बनेको छ । इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १–० ले स्तब्ध बनेको हो ।

बुढापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई स्तब्ध पार्न घरेलु टोलीका डोमिनिक सोबोस्लाईले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको इंग्ल्यान्डले उनीहरुको बलियो रक्षापङ्तिलाई तोड्न सकेन । तेस्रो मिनेटमा एलेक्सान्डर आर्नाेल्डले आफ्नो पोजिसन गुमाएपनि एडाम सज्लाईको २० यार्ड टाढाको प्रहारलाई गोलरक्षक जोर्डन पिकफोर्डले बचाए ।

नवौं मिनेटमा इंग्ल्यान्डले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । ५१औं मिनेटमा इंग्ल्यान्डले अर्काे खवसर खेर फाल्यो । ५९औं मिनेटमा जारोड बोवेनको हेडर सदुपयोग हुन नसक्दा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो ।

६६औं मिनेटमा डोमिनिक सोबोस्लाईले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । रिस जेम्सले जिसोल्ट नागीलाई फउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा डोमिनिक सोबोस्लाई चुकेनन् । एक गोलले पछि परेको इंग्ल्यान्डले त्यसपछि लगातार आक्रमण बुनेपनि सफलता हात पार्न नसक्दा स्तब्ध बन्न पुग्यो ।

यो जितपछि हंगेरी लिग ए ग्रुप ३ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इंग्ल्यान्ड चौथो स्थानमा रहेको छ । समान एक अंक जोडेर जर्मनी र इटाली दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.