default_image

2 years ago

June 5, 2022

विश्वकपमा छनोट हुन वेल्स र युक्रेन भिड्दै

एजेन्सी – यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटको प्ले अफको फाइनलमा वेल्स र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेल्सको कार्डिफ सिटीमा नेपालीसमयअनुसार ९ः४५ बजे हुनेछ । विश्वकप छनोट प्लेअफ फाइनलमा वेल्सले युक्रेनको आतिथ्य गर्दा वेल्स दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ । वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट […]

128 views

0 Bookmark

एजेन्सी – यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटको प्ले अफको फाइनलमा वेल्स र युक्रेनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल वेल्सको कार्डिफ सिटीमा नेपालीसमयअनुसार ९ः४५ बजे हुनेछ । विश्वकप छनोट प्लेअफ फाइनलमा वेल्सले युक्रेनको आतिथ्य गर्दा वेल्स दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यमा हुनेछ ।

वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो । त्यसयता वेल्स विश्वकपमा छनोट हुनै सकेको छैन । यो खेलको विजेताले आगामी नोभेम्बरमा कतारमा हुने विश्वकपमा इंग्ल्याण्ड, अमेरिका र इरानको समूहमा सामेल हुनेछ । वेल्सका ग्यारेथ बेलले यो खेल एउटा ‘ठूलो’ खेल हुने बताएका छन् ।

‘हामी अहिलेसम्म एकपल्ट मात्र विश्वकपमा पुगेका छौं । हामी एक कदम अगाडि बढ्न चाहन्छौं ।’ बेलले भनेका छन्, ‘युक्रेनको पछिल्लो अवस्थाबारे हामी जानकार छौं । युक्रेनी सबैमा हाम्रो सम्मान छ । तर, हामी फुटबल खेल खेल्न गइरहेका छौं र जित्न चाहन्छौं ।’

वेल्सका प्रशिक्षक रोबर्ट पेजले आफ्नो टिमका सबै खेलाडी फिट रहेको र नेशन्स लिगमा पोल्याण्डविरुद्ध आराम दिइएका पहिलो रोजाईका खेलाडी यस खेलमा समावेश हुने बताएका छन् । प्रशिक्षक पेजले ग्यारेथ बेल र आरोन राम्सेलगायतको स्टार खेलाडीलाई विश्राम दिएको थियो । वेल्स यसअघि सन् १९७७ मा स्कटल्याण्ड र सन् १९८५ र १९९३ मा रोमानियाविरुद्ध निर्णायक खेलमा चुकेको थियो ।

यता, युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफको सेमिफाइनलमा स्कटल्याण्डलाई ३–१ ले पराजित गरेर प्ले अफको फाइनलमा वेल्ससँगको भेट पक्का गरेको युक्रेन खेलमार्फत देशमा अधिक खुसी ल्याउन प्रयासरत हुनेछ । यो खेलले युक्रेनका लागि पनि इतिहासमा दोस्रोपल्ट विश्वकपमा छनोट गर्ने उपयुक्त अवसर हो ।

यो खेल मार्च महिनाकै लागि तय भएपनि रुसले युक्रेनमा आक्रमण गरेपछि नयाँ मितिमा खेल हुन लागेको हो ।

April 28, 2024

माडुएके चम्कँदा चेल्सी हारबाट जोगियो

एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ । चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका […]

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

Success

Thank you for your time.