default_image

2 years ago

June 7, 2022

मनाङलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – उपाधिको बलियो दावेदार मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुग्न सफल भएको हो । […]

104 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – उपाधिको बलियो दावेदार मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुग्न सफल भएको हो । पुलिसको जितमा पहिलो हाफमा भरत साहले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

एक गोलले पछि परेको मनाङले ४०औं मिनेटमा बराबरीको सुवर्ण मौका खेर फालेको थियो । बिमल घर्तीमगरलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले बचाउँदै टोलीको अग्रतालाई यथावत राख्न सफल भएका थिए ।

गोल्डकपका लागि मनाङले मछिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ र बिमल घर्तीमगरलाई खेलाएको थियो । पुलिसविरुद्ध लगातार उच्च प्रदर्शन गरेपनि फिनिसिङमा चुक्दा मनाङ पहिलो खेलबाट नै बाहिरिन पुग्यो ।

बुधबार तेस्रो क्वाटरफाइनल खेलमा विजय युथ क्लब र नज जन जागृति युथ क्लब सिमराबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.