default_image

2 years ago

June 8, 2022

एसियन कप छनोटमा माल्दिभ्स र बंगलादेशको हार

एजेन्सी – दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र बंगलादेशले एएफसी एसियन कप छनोटमा हार बेहोरेका छन् ।समुह ‘सी’ को पहिलो राउन्डको खेलमा माल्दिभ्स थाइल्यान्डसँग ३–० ले पराजित भएको हो । उज्वेकिस्तानको नामनगानमा बुधबार साँझ भएको खेलमा थाइल्यान्डको जितमा सारच योयन, तिरासिल दाङ्दा र पान्सा हेम्भीवुनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल […]

119 views

0 Bookmark

एजेन्सी – दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र बंगलादेशले एएफसी एसियन कप छनोटमा हार बेहोरेका छन् ।
समुह ‘सी’ को पहिलो राउन्डको खेलमा माल्दिभ्स थाइल्यान्डसँग ३–० ले पराजित भएको हो ।

उज्वेकिस्तानको नामनगानमा बुधबार साँझ भएको खेलमा थाइल्यान्डको जितमा सारच योयन, तिरासिल दाङ्दा र पान्सा हेम्भीवुनले गोल गरे ।

पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो । यो जितसँगै थाइल्यान्डले ३ अंक जोडेको छ । यो समूहमा उज्वेकिस्तान र श्रीलंकाले खेल्न बाँकी छ ।

समूह ई को खेलमा बंगलादेशले बहराइनसँग २–० ले पराजित भएको छ । बहराइनको जितमा कमिल अल अस्वद र अली अब्दुल्ला हरामले गोल गरे ।

यही समुहको अर्काे खेलमा मलेसियाले तुर्केमिनिस्तानलाई ३–१ ले पराजित गरेको छ । मलेसियाको जितमा साफावी रसिद, फैजल अब्दुल हालिम र कोर्विन ओङले गोल गरे । तुर्केमिनिस्तानका अन्नाडुरडिएभले एक गोल फर्काए ।

यस्तै समूह ‘डी’ को खेलमा हङकङले अफगानिस्तानलाई २–१ ले पराजित गरेको छ । समूह एफको खेलमा ताजिकिस्तानले म्यानमारलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा राति १ बजे जोर्डनसँग खेल्दैछ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.