default_image

2 years ago

June 8, 2022

मोड्रिचद्धारा रियल म्याड्रिडमा सम्झौता नविकरण

62 views

0 Bookmark

एजेन्सी – क्रोएसियाली भेट्रान मिडफिल्डर लुका मोड्रिचले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । मोड्रिचले रियलसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो ।

योसँगै मोड्रिच सन् २०२३ को ३० जुनसम्म सान्टियागो बर्नबेउमा रहनेछ । म्याड्रिडमा मोड्रिचको सम्झौता यसै महिनाको अन्त्यसम्म रहेको थियो ।

मोड्रिचको नयाँ सम्झौताको पुष्टि गर्दै रियलले आफ्नो मिडफिल्डको ट्रिओलाई निरन्तरता दिएको छ । लुका मोड्रिच, टोनी क्रुस र क्यासमिरोको उत्कृष्ट ट्रिओ मिडफिल्ड रहेको छ ।

रियलले फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलियन चुवामेनीसँगको सम्झौता अन्तिम चरणमा रहेको छ । यो सिजनाका लागि रियलले डिफेन्डर एन्टोनियो रुडिगरलाई अुनबन्ध गरिसकेको छ ।

म्याड्रिडमा ९ सिजन बिताएका मोड्रिचले यो सिजन मोड्रिचले तीन उपाधि जितेका छन् । ब्लान्कोसले यो सिजन १४औं पटक च्याम्पियन्स लिग, स्पेनिस सुपर कप र स्पेनिस ला लिगा जितेका छन् ।

३६ वर्षीय मोड्रिचले लगातारको उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । मोड्रिचले यो सिजन सबै ४५ खेलमा तीन गोल र १२ असिस्ट दिएका छन् । क्रोएसियाली मिडफिल्डरले रियल म्याड्रिडबाटै सन्यास लिने योजना बनाएका छन् । त्यो भने हेर्न बाँकी छ ।

सन् २०१२ मा टोटनह्यामबाट आएको मोड्रिचले म्याड्रिडका लागि जम्मा ४६२ खेल खेलेका छन् । जसमा १९ वटा प्रमुख ट्रफी जितेका छन् । अनुभवी मिडफिल्डर मोड्रिचले सन् २०१८ मा बालोन डी’ओर पनि जित्न सफल भएका थिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.