default_image

2 years ago

June 10, 2022

पुलिसलाई हराउँदै विजय युथ मकवानपुर गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै स्थानिय टोली विजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसलाई १–० ले पराजित गर्दै विजय युथले फाइनलमा स्थान पक्का गरेको हो । विजय युथलाई फाइनलमा पु¥याउन पेपेले गरेको गोल नै निर्णायक […]

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै स्थानिय टोली विजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पुलिसलाई १–० ले पराजित गर्दै विजय युथले फाइनलमा स्थान पक्का गरेको हो । विजय युथलाई फाइनलमा पु¥याउन पेपेले गरेको गोल नै निर्णायक बन्यो ।

अमिर श्रेष्ठको कर्नरलाई अनमार्क रहेका पेपेले आफ्नो अग्ला कदको फाइदा उठाउँदै हेडमार्फत गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा विजय युथ विजयी हुँदै फाइनलमा पुग्न सफल भयो ।

अब विजय युथले उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लब र क्यामरुनको एभेनिर एफसी डोउलाबीचको विजेतासँग खेल्नेछ । आर्मी र एभेनिरबीचको खेल शनिबार हुँदैछ ।

विजय युथका गोलकर्ता पेपे म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजारसहित ट्रफी हात पारे । १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.