default_image

2 years ago

June 12, 2022

यू–२० को प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आसन्न साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटको लागि प्रारम्भिक चरणमा ४० खेलाडीलाई छनोट गरेका छन् ।

झन्डै एक साता चलेको छनोटबाट प्रशिक्षक केसीले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा बोलाएका हुन् । जसमा ६ गोलरक्षक, १३ डिफेन्डर, १४ मिडफिल्डर र ७ फरवार्ड रहेका छन् । खेलाडी छनोट चरण ४ जुनबाट शुरु भएको थियो । प्रशिक्षण सोमबारबाट शुरु हुने एन्फाले जनाएको छ ।

यू–२० साफ च्याम्पियनसिप भारतमा २५ जुलाईदेखि ३ अगस्टसम्म हुँदैछ । नेपालले माल्दिभ्ससँग २५ जुलाईमा, श्रीलंकासँग २७ जुलाईमा, ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्ने तालिका छ ।

यस्तै बहराईनमा सेप्टेम्वर १० देखि १८ सम्म हुने एएफसी यू–२० एसियन कप छनोटमा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग खेल्नेछ । भुटानसँग १० सेप्टेम्वर, १२ सेप्टेम्वरमा कतार, १४ सेप्टेम्वरमा बहराइन र १८ सेप्टेम्वरमा बंगलादेशसँग खेल्ने तालिका छ ।

प्रारम्भिक चरणमा छानिएका खेलाडी
गोलरक्षक –
ईश्वर गुरुङ, युनेश चौधरी, सौरभ कार्की, जियारथ शेख, अमर बहादुर नेवार र टोप बहादुर राना
डिफेन्डर – अकिव हक्यु, जाम ताम्ली, खेमराज श्रेष्ठ, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमन श्रेष्ठ, आश्विन भट्टराई, श्रीजन दानी, रोहन थापा, राज थोकर र अभिषेक वाइवा
मिडफिल्डर – प्रदीप लम्साल, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, सन्जीव लामा, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, प्रितन स्याङतान, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, सुगम सुवाल र मनग्य नकर्मी
फरवार्ड – राज भुषाल, दिपेश राई, माल्दिना आङथुपो, निराजन मल्ल, रोहन खड्गी, रोहित सुब्ब र जविन्द्र भट्टराई

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.