default_image

2 years ago

June 12, 2022

इंग्ल्यान्ड र इटालीको बराबरी

92 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाँडेका छन् । युरो च्याम्पियन इटाली र उपविजेता इंग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

इंग्ल्यान्डमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पाुहना टोलीमाथि केही दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो ।

यो नतिजापछि अपराजित रहेको इटाली समूहमा ३ खेलबाट ५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इंग्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ ।

यही समूहको अर्काे खेलमा हंगेरी र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । हंगेरीका सल्ट नागीले गोल गर्दा जर्मनीका जोनास होफमानले बराबरी गोल फर्काए । बराबरीपछि हंगेरी ३ खेलबाट ४ अंक जोडेर दोस्रो तथा ३ अंक जोडेर जर्मनी तेस्रो स्थानमा रहेको छ ।

अन्य नतिजा
नेदरल्यान्ड्सविरुद्ध पोल्यान्ड (२–२), वेल्सविरुद्ध बेल्जियम (१–१), मोन्टेनेग्रोविरुद्ध बोस्निया एन्ड हर्ज गोभिना (१–१), रोमानियाविरुद्ध फिनल्यान्ड (–०), लक्जेमवर्गविरुद्ध टर्की (०–), आयरल्यान्डविरुद्ध स्कटल्यान्ड (–०), युक्रेनविरुद्ध अर्मेनिया (–०),

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.