default_image

2 years ago

June 15, 2022

इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हार चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे । खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल […]

296 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हार चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे ।

खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाए । उनले एडाम लाङको पासमा गोल गर्न सफल भएका थिए । ७०औं मिनेटमा रोलान्ड सल्लाईले मार्टिन एडामको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि बेल्जियम खेलमा २–० ले अघि बढ्यो ।

८०औं मिनेटमा जिसल्ट नागीले गोल गरेपछि हंगेरी घरेलु टोलीविरुद्ध सहज जिततर्फ अग्रसर बन्यो । उनले मार्टिन एडामकै पासमा गोल गर्न सफल भयो । ८२औं मिनेटमा घरेलु टोली इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो ।

जोन स्टोन्स दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली झनै समस्यामा परेको थियो । त्यसपछि ८९औं मिनेटमा ड्यानियल गजडगले एडाम नागीको पासमा गोल गर्दै घरेलु टोलीलाई फराकिलो हार चखाए ।

यो जितसँगै हंगेरी ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ । जर्मनीको ६ तथा इटालीको ५ अंक छ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.