default_image

2 years ago

June 18, 2022

वीरगगञ्जलाई हराउँदै आयोजक हेमजा सेमिफाइनलमा

79 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा शनिबार भएको उद्घटन खेलमा वीरगञ्ज युनाइटेडमाथि ३–१ को सानदार जित हात पार्दै हेमजाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

ए डिभिजन खेलिरहेका अधिकांश खेलाडीलाई लिएर प्रतियोगितामा सहभागिता गराएको हेमजाले ‘बी’ डिभिजन खेलेको टिममाथि सहज जित निकालेको हो । आयोजक हेमजा राष्ट्रिय तथा ए डिभिजन खेलिरहेका दिप कार्की, सुमन अर्याल, फ्लोरेन्ट कोरा, सुरज ज्यु ठकुरी लगायत खेलाडीलाई लिएर मैदानमा उत्रिएको थियो ।

अनुभवी खेलाडीले भरिएको हेमजाले खेलको सुरुवात देखि नै बलमा आफ्नो पकड जमाउँदा डिफेन्डर सुमन अर्यालले दुई तथा कमल थापा मगरले एक गोल गरे । वीरगञ्जका लागि कृपा कान्त चौधरीले गोल गरे । खेलको दोस्रो मिनेटमै कमलको सशक्त प्रहारमा वीरगञ्जका गोलरक्षक तथा कप्तान दिलमणी चौधरी बाधक बने ।

लगत्तै विरगंजका विवेक चौधरीको प्रहारलाई हेमजाका गोलरक्षक दिप कार्कीले बचाउ गरे । साँतौं मिनेटमा सुरज ज्यु ठकुरीको क्रसमा सुमन अर्यालको प्रहारमा विरगंजका डिफेन्डर शिसस थापा बाधक बने । ११औं मिनेटमा हेमजाले पेनाल्टीको अवसर प्राप्त ग¥यो ।

हेमजाका सुनिल विकको क्रसलाई डि एरियाभित्र नियन्त्रणमा लिने प्रयास गर्दा वीरगञ्जका सिर्जन क्षेत्रीको हातमा लागेपछि पेनाल्टीको अवसर प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा सुमनले सहजै गोल गरे । २८औं मिनेटमा हेमजाका कप्तान मानबहादुर तामाङको क्रसमा कमलको उत्कृष्ट हेडर गोलरक्षक दिलमणीले बचाउ गरे ।

३६औं मिनेटमा कमलले डिबक्सभन्दा बाहिरबाट शक्तिशाली प्रहार वीरगञ्जका गोलरक्षकको हातमा लाग्दै गोल हुन पुगेको थियो । हेमजाले दोस्रो हाफको सुरुवाती दोस्रो मिनेटमै गोल गर्दै अग्रता तेब्बर पार्दा वीरगञ्जको खेलमा फर्कने सम्भावना टाढिएको थियो । ४८औं मिनेटमा हेमजाका सुमनले व्यक्तिगत दोस्रो गोल गरे । उनी खेलको म्यान अफदी म्याच समेत घोषित भए ।

वीरगञ्जले खेल सकिन केहि मिनेटमात्रै बाँकी रहँदा ३ वटा अवसर खेर फाल्दा जितबाट बञ्चित हुँदै घर फर्किएको छ । लगातार प्रयास गरिरहेको विरगंजका लागि कृपा चौधरीले खेलको ८८औं मिनेटमा गोल गरे । यसअघि उनले एक सुवर्ण मौका खेर फालेका थिए ।

त्यसपछि अमर डंगोलको पासमा विवेकले डि एरियाभित्रबाट सेकेन्डबार च्याप्दै गरेको प्रहारमा अनमार्क रहेका दिप कार्कीले डाइभ गर्दै उत्कृष्ट बचाउँ गर्दा अग्रता घटाउनबाट विरगंज चुक्न पुगेको हो । त्यस लगत्तै विज्ञान चौधरीको पासमा राकेश चौधरीको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिदाँ अर्को अवसर खेर गएको थियो ।

विपक्षी अनुभवी भएकाले हार व्यहो¥र्यौ – वीरगञ्ज प्रशिक्षक
वीरगञ्ज युनाइटेडका प्रशिक्षक सुलभ जंग रानाले खेलाडीको खेलबाट आफु सन्तुष्टि रहेको प्रतिक्रिया दिएका छन् । उनले आफुहरु वि डिभिजन खेलेकै सेट टिम रहेको र विपक्षि टिममा ए डिभिजनका अनुभवी खेलाडीको वर्चस्व रहेकाले जित हासिल गरेको सुनाए ।

‘हामीमा अनुभवको कमी भयो । हाम्रै कारणले गोल खान पुगेका हौँ । विपक्षीले त्यस्तो किसिमको कुनै मुभ बनाएको भन्दापनि हामीले गल्ती गर्दा गोल खायौं’ उनले थपें,‘म खेलाडीको खेलबाट सन्तुष्टि छु हामीले पर्याप्त आराम गर्ने समय नै पाएनौ तर पनि खेलाडीले खेलेकै हुन् ।

हाम्रो पुरै सेट टिम हो स्थानीय खेलाडीहरु भएकै एक जनामात्रै पोखराकै खेलाडी छन् ।’ एकेडेमीका खेलाडी भएकाले आगामी दिनमा अन्य प्रतियोगितामा सुधार गरेर जाने उनले बताए ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.