default_image

2 years ago

June 22, 2022

एन्फाका नवनिर्वाचित पदाधिकारीले सपथ लिए

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार संघका नवनिर्वाचित कमिटिले पद तथा गोपनियताको सपथ लिएका हुन् । एन्फाको निर्वाचन समितिले अध्यक्ष पंकज विक्रम नेम्वाङसहित निर्वाचित १९ पदाधिकारीलाई सपथ खुवाएको हो ।

गत सोमबार भएको निर्वाचनमा पंकजबिक्रम नेम्वाङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षहरुमा दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही र दुर्गाबहादुर केसी (कुमार) निर्वाचित भएका थिए ।

सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिका लामा, भरतबुढ थापा, सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका थिए ।

सपथ ग्रहण लगत्तै नवनियुक्त अध्यक्ष नेम्वाङले आफ्नो पदभार ग्रहण गरेका थिए । नेम्वाङले नि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । ८४ मतमध्ये नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत पाएका थिए ।

२१ सदस्यीय कार्यसमिति निर्वाचित गर्नुपर्ने भएपनि कार्यसमितिले पूर्णता भने पाइसकेको छैन । १३ सदस्यमध्ये ११ सदस्य निर्वाचित हुँदा चार उमेदवारको समान ३९ मत आएपछि पुनः निर्वाचन हुने एन्फाले जनाएको छ ।

एन्फाले यि चारबीच नै हुने निर्वाचनको मिति तोक्नेछ । दीपक थापा क्षेत्री, दिपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका छन् । यही कार्यसमितिले नै महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.