default_image

3 years ago

June 24, 2022

एनकुन्कुद्धारा लाइप्जिगमा सम्झौता नविकरण

280 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चाकाबीच फ्रान्सेली मिडफिल्डर फरवार्ड क्रिस्टोफर एनकुन्कुले जर्मन क्लब आरबी लाइप्जिगसँग सम्झौता नविकरण गरेको छ ।

म्यानचेस्टर युनाइटेड जाने चर्चाकाबीच एनकुन्कुले लाइप्जिगमा थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । अब उनी २०२६ सम्म लाइप्जिगमा हुनेछ ।

२४ वर्षीय मिडफिल्डर फरवार्ड युनाइटेडसँगै अर्काे इंग्लिस क्लब चेल्सीसँग जोडिएको थियो । तर, उनले लाइप्जिग नै रोजेका हुन् । गत सिजन क्लबको प्लेयर अफ दि सिजन भएका उनले लाइप्जिगलाई जर्मन कप जिताउन महत्वपूर्ण भुमिका निभाएको थियो ।

‘म लाइप्जिगको जर्सी लगाएर खेल्न पाँउदा खुशी छु । मलाई राख्न क्लबको प्रयासबाट म साँच्चै प्रभावित भए ।’ सम्झौता नविकरणसँगै एनकुन्कुले भने, ‘जर्मन कप जित्नु हाम्रो लागि ठुलो उपलब्धि हो । यो स्पष्ट छ कि यहाँ मेरो कथा सकिएको छैन । हामी थप उपाधि चहान्छौं ।’

उनले थपे, ‘आरबी लाइप्जिगले हालैका वर्षमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नाम कमाएको छ र हामीले उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्छौं भनेर बारम्बार देखाएका छन् । हामी यसलाई अगाडि बढाउन र एक कदम अगाडि बढ्न चाहन्छौं ।’

एनकुन्कुले गत सिजन बुन्डेसलिगाको ३४ खेलमा २० गोल र १४ असिस्ट दिएका थिए । उनले समग्रमा लाइप्जिगका लागि ५२ खेलमा ३५ गोल गरेका छन् । टोली गत सिजन बुन्डेसलिगामा चौथो स्थानमा रहेको थियो ।

फ्रान्सको उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाइसकेका एनकुन्कु सन् २०१९–२० को सिजनमा फ्रान्सेली क्लब पिएसजीबाट लाइप्जिग पुगेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.