default_image

2 years ago

June 25, 2022

शुभकामना गोल्डकपको फाइनल स्थगित

127 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखराको हेम्जामा जारी छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना हेम्जा गोल्डकपको फाइनल खेल स्थगित भएको छ ।

आयोजक हेमजा युनाइटेड शनिबारको लागि तय भएको फाइनल खेल स्थगित भएको र फाइनल १२ असारमा हुने जानकारी गराएको छ । आयोजक हेम्जा युनाइटेडसँगै क्यामरुनी क्लब एभिनियर एफसी डोउला फाइनलमा पुगेका छन् ।

क्लबले एक विज्ञप्ति जारी गर्दै हेम्जा युनाईटेडको स्थापनाकालदेखि सहयोग गर्दै आएका अरविन कुँवरको दुर्घटनामा परि निधन भएको कारण फाईनल खेल स्थगित भएको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति होस् भन्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछौं ।’ क्लबद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

असार असार ४ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, खुमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ३ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.