default_image

3 years ago

July 2, 2022

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

1031 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने पक्का भएको हो ।

अब साफ च्याम्पियनसिप भदौं १३ देखि २५ (अगस्ट २९ देखि सेप्टेम्वर १०) सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको नेतृत्वमा रहेको नेपाली टोलीले साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न प्रस्ताव गरेको थियो । नेपाली टोलीले शुक्रबार बंगलादेशको ढाकामा साफका महासचिव अनवरुल हक हेलालसँग पनि भेट गरेको थियो ।

यो प्रस्तावलाई साफ अर्डिनरी कंग्रेस २०२२ अघिको साफको कार्यकारी समितिको बैठकले अअनुमोदन गरेको थियो ।
साफ अर्डिनरी कंग्रेस २०२२ ढाकामा भएको थियो । यो कंग्रेसले काजी मोहम्मद सलाहुद्दीनलाई साफको अध्यक्षमा निपर्वरोध निर्वाचित गरेको छ । उनले अअब २०२६ सम्म कार्यभार सम्हाल्नेछन् ।

क्ंग्रेसले भुटान फुटबल फेडेरसनका उगेन वाङ्चुकलाई साफको कार्यकारी सदस्य र श्रीलंका फुटबल महासंघका अध्यक्ष जसवर उमरलाई साफको प्रतिनिधित्व गर्ने एएफसी कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ । त्यस्तै साफ अनुशासन तथा आचार संहिता र साफ आचार संहिता पनि कार्यकारी समितिबाट स्वीकृत भएको छ ।

नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो । जसमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

साफ कंग्रेसमा सहभागी हुन महासचिव राईको नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार ढाका प्रस्थान गरेको थियो । एन्फा सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी) का अध्यक्ष सुन्दर नरसिंह जोशी सहभागी छन् ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.