3 years ago
July 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनीहरु दुवैजना आइतबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सन्तोष र दर्शन जुन पहिलो साता कुवेतमा भएको एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय नेपाली टोलीमा रहेका थिए । युवा मिडफिल्डर सन्तोषसँगै फरवार्ड दर्शन सुनौलो भविष्य र आफ्नो भविष्य सुनिश्चित गर्नका लागि अष्ट्रेलिया गएका हुन् ।
घरेलु फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएका सन्तोष मिडफिल्डमा निकै प्रभावशाली मानिन्छन् ।
सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलको ८१औं मिनेटमा सन्तोषले भरत खवासको स्थान लिँदै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन्तोषले नेपालका लागि १६ क्याप जितेका छन् ।
दर्शनले २०७७ कार्तिक २८ गते बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा परिवर्तित खेलाडीको रुपमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनी ६८औं मिनेटमा रवि शंकर पासवानको स्थानमा मैदान छिरेका थिए ।
घरेलु फुटबलमा ‘ए’ डिभिजनको न्यूरोड टिम (एनआरटी) का कप्तान रहेका दर्शन कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्ने खेलाडी हुन् । उनले गत महिना एसियन कपको छनोटमा कुवेतविरुद्ध गोल गर्न सफल भएका थियो ।
४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध गोल गरेका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल रहेको थियो । दर्शनले नेपालका लागि ६ क्याप जित्दा १ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
पछिल्लो समय अष्ट्रेलिया नेपाली खेलाडीको गन्तव्य बन्दै आएको छ । यसअघि राष्ट्रिय टोलीकै सदस्य सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन् । मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजित श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका बिमल बस्नेत पनि अष्ट्रेलियामै रहेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]