default_image

2 years ago

July 9, 2022

यि खेलाडीमा रियल म्याड्रिडको भविष्य

135 views

0 Bookmark

एजेन्सी – एन्टोनियो रुडिगर र ओरेलिएन चुवामेनीको आगमनबाहेक स्पेनिस महारथी रियल म्याड्रिडले भिनिसियस जुनियर, रोड्रिगो गोएस र इडर मिलिसाओको सम्झौता नविकरण गरेर आफ्नो दीर्घकालीन लक्ष्यलाई बलियो बनाएको छ ।

तीन ब्राजिलियनसँगै थिवाउट कोर्टुवा, फेडरिको भाल्भेर्डे, एडुआर्डाे कामाभिंगा र दुई नयाँ खेलाडी लस ब्लान्कोससँग लामो सम्झौतामा बाँधिएका छन् ।

२०२८ – चुवामेनी, रोड्रिगो र मिलिसाओ
२२ वर्षीय फ्रान्सेली मिडफिल्डर ओरेलिएन चुवामेनी हालको लासग रियलमा सबैभन्दा लामो सम्झौता भएका खेलाडी हुन् । चुवामेनीलाई रियलले यसै समरमा फ्रान्सेली क्लब मोनाकोबाट अनुबन्ध गर्न सफल भएका थिए । यसबाहेक रियलले गत सिजन क्लबमा उत्कृष्ट प्रदर्शन गरेका ब्राजिली स्टारद्धय रोड्रिगो र इडर मिलिसाओको सम्झौता पनि २०२८ सम्म नविकरण गरेका छन् ।
२०२७ – भाल्भेर्डे, कामाभिंगा र भिनिसियस
तीन युवा खेलाडी फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा र भिनिसियस जुनियर रियल म्याड्रिडको मुख्य खेलाडी बन्ने लक्ष्यमा छन् । यि तीनै जना रियलले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगा जित्दा टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।

भिनिसियसले गत सिजन २२ गोल र २० असिस्ट दिदै आफ्नो खेल करिअरको सानदार प्रदर्शन गरे । उनको सम्झौता तत्कालका लासग २०२७ सम्म नविकरण भएपनि उनी २०२८ सम्म रियलमै रहन सक्ने सम्भावना छ । फेडे र कामाभिंगाको पनि सोही समयसम्म सम्झौता रहेको छ ।

२०२६ – कोर्टुवा, अलाबा र रुडिगर
डेभिड अलाबा र एन्टोनिया रुडिगर क्रमश जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सीबाट निशुल्क स्थानान्तरणमा रियल म्याड्रिडमा सामेल भएका खेलाडी हुन् । गत वर्ष रियलमा आएका अष्ट्रियन अलाबाको सम्झौता ५ वर्षको प्रस्ताव गरिएपनि कागजमा चार वर्षको रहेको छ । यसको अर्थ उनी २०२६ सम्म रियलमा रहनेछन् । गोलरक्षक कोर्टुवाको सम्झौता पनि २०२६ सम्म नै रहेको छ । त्यतिबेला उनी ३६ लाग्नेछन् । यो समरमा चेल्सीबाट आएका रुडिगरले पनि २०२६ सम्म सम्झौता गरेका छन् ।

२०२३ को परिदृश्य
यसैबीच क्रोएसियन भेट्रान मिडफिल्डर लुका मोड्रिच अर्काे सिजनसम्म रियलमा रहनेछन् । उनले २०२२–२३ का लागि नयाँ सम्झौता नविकरण गर्न पनि सक्नेछन् । लगातार आफ्नो लयलाई कायम राख्न सके करिम बेन्जेमा र टोनी क्रुसले पनि मोड्रिचकै पथ पछ्याउन सक्नेछ । यसमा क्लबले निर्णय गर्न सक्नेछ ।

नाचो फर्नान्डेसलाई आफ्नो सम्झौता विस्तार गर्न समस्या हुनेछैन । तर, मार्काे एसेन्सियो, ड्यानी सेवालोस, बोर्जा मायोरल र मारियानो डियाज र लुका जोभिकले यो सिजनमा नै क्लब छाड्ने अपेक्षा गरिएको छ ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.