default_image

2 years ago

July 11, 2022

ग्रेसको ह्याट्रिकमा फ्रान्सको सानदार जित

92 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर ग्रेस जियोरोको ह्याट्रिक सहयोगमा फ्रान्सले महिला युरो च्याम्पियनसिप २०२२ मा सानदार जित दर्ता गरेको छ । फ्रान्सले इटालीमाथि ५–१ को सानदार जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

इंग्ल्यान्डमा आइतबार राति भएको खेलमा फ्रान्सको फराकिलो जितमा ग्रेस जियोरोले ह्याट्रिक पुरा गरिन् । मारी एन्टोनेट काटोटो र डेल्फिन कास्कारिनोले समान एक गोल गरिन् । इटालीकी मार्टिना पिमोन्टेले एक गोल फर्काइन् । फ्रान्सले सबै पाँच गोल पहिलो हाफमै गर्दा दोस्रो हाफमा एक गोल बेहोरेको थियो ।

न्युयोर्क स्टेडियम रोदरह्याम साउथ योर्कसायरमा भएको खेलको नवौं मिनेटमा ग्रेस जियोरोको गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । १२औं मिनेटमा मारी एन्टोनेट काटोटोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारिन् ।

३८औं मिनेटमा डेल्फिन कास्कारिनोले गोल गरेपछि फ्रान्सले खेलमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । त्यसपछिको थप दुई गोल ग्रेस जियोरोको नाममा रहँहा उनले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् ।

४०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेकी ग्रेस जियोरोले ४५औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । त्यसपछि मार्टिना पिमोन्टेले ७६औं मिनेटमा गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याएपनि थप गोल निस्कन नसक्दा फ्रान्सले सानदार सुरुवात गर्न सफल भयो ।

यो सानदार जितसँगै समूह ‘डी’ मा फ्रान्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इटाली पुछारमा रहँदा बेल्जियम र आइसल्यान्ड समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा बेल्जियम र आइसल्यान्डले १–१ गोलको बराबरी खेल्दैं अंक बाँडेका छन् ।

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.