default_image

3 years ago

July 14, 2022

डेम्बेले बार्सिलोनामै रहने

215 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली विंगर ओस्मान डेम्बेलेले क्याटलान क्लब बार्सिलोनासँग अन्तत: सम्झौता नविकरण गरेका छन् । उनले मंगलबार दुई वर्षका लागि सम्झौता गरेका हुन् ।

डेम्बेलेले बार्सिलोनाको आर्थिक अवस्था मध्यनजर गर्दै आफ्नो तलब समेत घटाएका छन् । उनले प्रशिक्षक जाभीको आगमनपछि आफ्नो लय समाएका थिए । लिगमा मात्र २१ खेल खेलेपनि १३ असिस्ट प्रदान गर्दै उनी लिगको सर्वाधिक असिस्ट दिने खेलाडीमा रहेका थिए ।

डेम्बेलेले पछिल्लो दुई दिन टोलीसँग प्रशिक्षण गरेका थिए । अब सम्झौता नविकरण औपचारिक भएसँगै उनले अमेरिका टुरका लागि यात्रा गर्नेछन् । जाभीले डेम्बेलेको सम्झौता यस ट्रान्सफर विन्डोमा प्राथमिकतामा राखेका थिए । उनी क्लबको योजनामा रहेको प्रष्ट भएसँगै सम्झौता सफल भएको थियो ।

डेम्बेलेको पुरानो सम्झौता अघिल्लो सिजनको अन्त्यसँगै समाप्त भएको थियो । बार्सिलोनाले जनवरीमा सम्झौता नविकरणको प्रस्ताव गरेपनि डेम्बेले राजी भएका थिएनन् । उनले अन्य क्लबसँग मौखिक सम्झौता गरेको आरोप पनि रहेको थियो । तर अन्तत: डेम्बेलेले बर्सिलोना नै रोजेका हुन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.