3 years ago
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटबल खेलाडी संघले ५ बुँदासहित ध्यानाकर्षण गराएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले बिहीबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
साउन २ गतेका लागि तय बैठक अघि गराएको ध्यानाकर्षणमा खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरि एन्फाको प्रतियोगिता क्यालेन्डर व्यवस्थित समय तालिका अनुसार सार्वजनीक गर्न अनुरोध गरेको छ । फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुर्नसंरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न एन्फा नेतृत्वलाई खेलाडी संघले आग्रह गरेको छ ।
खेलाडीको स्वास्थ्य विमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध मिलाउन ध्यानार्षण गराएको खेलाडी संघले खेलाडी प्रशिक्षक विवादको सन्दर्भमा एन्फाबाट गठित छानविन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा कार्य अघि बढाउन अनुरोध गरेको छ । समितिले एन्फा निर्वाचन पछि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अबदुल्ला अलमुताइरीको विकल्पका लागि कतार फुटबल संघलाई आग्रह गर्न सिफारिस गरेको थियो ।
पछिल्लो समय अवसरको खोजीमा खेलाडीहरु विदेश जाने क्रम बढेकोले त्यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको छ उल्लेख गर्दै संघले भनेको छ, łघरेलु प्रतियोगिता नहुँदा खेलाडीहरु विदेश जाने क्रम बढेका कारण यथासिघ्र क्लब फुटबलका कार्यक्रमलाई सार्वजनीक गर्न एन्फासँग आग्रह गर्दछौं ।’
सोही पत्रमार्फत एन्फाको नव निर्वाचित कार्यसमितिलाई बधाई दिएको खेलाडी संघले नयाँ नेतृत्वसँग हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाएको छ । देशको गौरव र शान अन्तराष्ट्रिय मञ्चमा बढाउन विगत र वर्तमान समयमा हरेक फुटबल खेलाडीले आफ्नो रगत र पसिना खेलको मैदानमा बगाएर देश र एन्फाको शिर सधै उच्च राख्दै आएको स्मरण गराउँदै खेलाडी संघले भविष्यमा पनि त्यही गर्विलो इतिहास कायम राख्न र देशको झण्डा अन्तराष्ट्रिय एरिनामा फर्फराउन खेलाडी संघ एन्फासँग मिलेर हरेक फुटबल गतिविधिमा सहकार्य गर्न तयार रहेको जनाएको छ ।
पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमुल्यन गर्दै भैरहेका गतिविधि र कार्य सन्तोषजनक नरहेको भन्दै खेलाडी संघले खेलाडीलाई अपमानजनक रुपमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकाल्ने मुख्य प्रशिक्षक अलमुताइरीको पछिल्लो व्यवहारले सिंगो फुटबल खेलाडी जगतलाई मर्माहित बनाएको जनाएको छ । खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको खेलाडी संघ स्वागत गर्दै धन्यवाद समेत दिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]