3 years ago
July 15, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्नै टोलीका मिडफिल्डर फ्रांकी डे जोङलाई म्यानचेस्टर युनाइटेडसँग सम्झौता गर्न दबाब दिएको छ । क्लबले आवश्यक परे फ्रांकीलाई अमेरिका टुरबाट बाहिर राख्नेसम्म निर्णय गर्ने तयारी गरेको छ ।

बार्सिलोनाले मे महिनाको सुरुवातमा नै फ्रांकीलाई बेचेर यसपटक आफ्नो आर्थिक अवस्थालाई सन्तुलनमा ल्याउने रणनीति बनाएको थियो । त्यसैलाई ध्यानमा राखेर क्लबले फ्रांक केसी र आन्द्रिएस क्रिस्टेन्सनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्यो । तर फ्रांकी आफैंले क्लब छोड्न इच्छा नदेखाउँदा बार्सिलोना समस्यामा पर्ने देखिएको छ ।
स्पेनी पत्रिका स्पोर्टका अनुसार बार्सिलोनाले फ्रांकीलाई बारम्बार युनाइटेडको प्रस्ताव स्वीकार्न आग्रह गरेको छ । दुई क्लबबीच ट्रान्सफर रकमबारे सहमति भइसकेको छ । अब युनाइटेडले व्यक्तिगत सम्झौता गर्न फ्रांकीसँग छलफल गर्न चाहेको छ । तर उनी बार्सिलोनामा नै रहन चाहन्छन् । बार्साले अमेरिका टुरमा फ्रांकीलाई टोलीमा समावेश नगरेर दबाब दिन लागेको छ ।
फ्रांकीले बार्सिलोनाले चाहेको खण्डमा आफू तलब घटाएर भएपनि क्याम्प नोउमा नै बस्न चाहेको बताएका छन् । तर क्लबका कुनै पदाधिकारीले उनलाई यसबारे भनेका छैनन् । बरु उनलाई क्लब छोड्न सल्लाह दिनेको संख्या बढेको छ । फ्रांकीले कहिलेसम्म क्लबको दबाब थेग्न सक्छन् भन्ने अहिले चासोको विषय बनेको छ ।
सन् २०१९ मा बार्सिलोनाले नयाँ युगको सुरुवात भन्दै फ्रांकीलाई अनुबन्ध गरेको थियो । तर बार्सिलोनामा राम्रो प्रदर्शन गर्नका बाबजुद उनलाई क्लबले आर्थिक समस्याका कारण बेच्न खोजेको हो । यस पोजिसनमा युवा खेलाडी राम्रो रहेका कारण पनि बार्सिलोनाले जोखिम लिन नचाहेको हो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]