default_image

3 years ago

July 15, 2022

बायर्नसँगै चेल्सी पनि रोनाल्डोबाट पछि हट्यो

424 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले पनि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने निर्णय लिएको छ । क्लबले म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गर्दै रोनाल्डो भित्र्याउन सम्भावनामा पूर्णविराम लगाएको हो ।

यसअघि क्लबका नयाँ मालिक टड बोहलीसँग रोनाल्डोका एजेन्टले छलफल गरेका थिए । बोहली पनि चेल्सीमा आगमनपछि सुपरस्टार अनुबन्धनका रुपमा रोनाल्डो भित्र्याउन चाहन्थे । तर प्रशिक्षक थोमस टुचेलले रोनाल्डो अनुबन्धन नगर्न सुझाव दिएपछि क्लबले स्टर्लिङलाई रोजेको हो । टुचेलले ३७ वर्षीय रोनाल्डो आफ्नो योजनामा नअट्ने बताएका थिए ।

यसअघि रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले बायर्न म्युनिखसँग पनि ट्रान्सफरबारे छलफल गरेका थिए । सुरुवातमा दुई क्लबबीच छलफल भएपनि अन्त्यमा बायर्न पछि हटेको थियो । बायर्नका बोर्ड सदस्य तथा पूर्व गोलरक्षक ओलिभर कानले सार्वजनिक रुपमा यसको खुलासा गरेका थिए ।

‘मलाई रोनाल्डो मनपर्छ । उनी इतिहासकै उत्कृष्ट खेलाडीमा पर्छन् । तर उनको उमेर ३७ वर्ष पुगेको छ । हाम्रो क्लबको सिद्धान्त अनुसार उनलाई अनुबन्ध गर्नु ठिक हुँदैन,’ कानले भनेका थिए ।

रोनाल्डोलाई युरोपका दुई ठूला क्लबले अनुबन्ध गर्न अस्विकार गर्दा उनी युनाइटेड नै बस्ने सम्भावना बढेको छ । त्यसो त क्लबका नयाँ प्रशिक्षक एरिक टेन हागले रोनाल्डो आफ्नो योजनामा अटाउने यसअघि नै प्रष्ट पारिसकेका छन् । यसबाहेक रोनाल्डोलाई साउदी अरबबाट पनि निकै ठूलो रकमसहितको प्रस्ताव आएको छ ।

पोर्चुगलको सीएनएनले रोनाल्डोलाई साउदी अरबको एक क्लबले ३ सय मिलियन युरोको प्रस्ताव राखेको खबर आएको छ । नाम खुलासा नभएको उक्त क्लबले ३० मिलियन ट्रान्सफर रकम स्वरूप म्यान्चेस्टर युनाइटेडलाई, २ सय ५० मिलियन रोनाल्डोलाई दुई वर्षको तलब स्वरूप र २० मिलियन रोनाल्डोको एजेन्ट समुहलाई दिने प्रस्ताव गरेको बुझिएको छ ।

रोनाल्डो भने व्यक्तिगत रुपमा कम्तिमा यो सिजन युरोपको शीर्ष लिग नै खेल्न चाहन्छन् । यसै वर्षको अन्त्यमा हुने फिफा विश्वकप २०२२ कतारका लागि उनी उच्च लयमा खेलिरहन चाहेका छन् । त्यसैले पनि रोनाल्डोले यस सिजन उक्त प्रस्ताव नकार्ने सम्भावना छ । तर दुई सिजनको २ सय ५० मिलियन रकम निकै ठूलो हो । हाल रोनाल्डोले युनाइटेडबाट वार्षिक ३२ मिलियन युरो मात्र बुझ्ने गरेका छन् ।

म्यानचेस्टर युनाइटेड प्रि-सिजन टुरमा रहँदा रोनाल्डो भने क्लबसँग समझदारीका कारण अझै प्रशिक्षणमा उपस्थित भएका छैनन् । क्लबले उनलाई पारिवारिक कारण देखाउँदै थप बिदा बस्न स्वीकृति दिएको छ । क्लबका नवनियुक्त प्रशिक्षक एरिक टेन हागले रोनाल्डोसँग छलफल भएको बताउँदै आफ्नो योजनामा राखेको बताएका छन् । तर रोनाल्डो यसबारे मौन छन् ।

रोनाल्डो युरोपमा अझ एक सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छन् । गत सिजन युनाइटेडको बिर्सनलायक प्रदर्शनपछि क्लब युरोपा लिगमा खुम्चिएको छ । त्यसैले पनि रोनाल्डो अन्यत्र भविष्य खोजिरहेका छन् । तर ३७ वर्षीय रोनाल्डोमा जोखिम लिन शीर्ष क्लब तयार छैनन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.