3 years ago
July 15, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित निकालेको छ । युनाइटेडले अष्ट्रेलियाको मेलबर्न भिक्ट्रीमाथि ४-१ को सहज जित दर्ता गरेको हो ।

खेलको सुरुवाती समयमा युनाइटेड पछि परेपनि दुवै हाफमा २-२ गोल गर्दै टोलीले आफ्नो लय कायम राखेको हो । प्रशिक्षक एरिक टेन हागको नियुक्ति पछिको दोस्रो खेलमा युनाइटेडले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दियो । मेलबर्नका लागि क्रिस इकोनोमिदिसले गोल गर्दा युनाइटेडका स्कट म्याकटोमिने, एन्थोनी मार्सियल र मार्कस रासफर्डले गोल गरे । अर्को गोल आत्मघाती गोल भएको थियो ।
खेलको पाँचौ मिनेटमा नै युनाइटेड पछि परेको थियो । बेन फोलामीको क्रसमा क्रिसले गोल गर्दै अग्रता दिलाएका थिए । डिफेन्समा लुक शा र भिक्टर लिन्डलफले गल्ती गरेपछि क्रिसले ह्यारी मगाएर उपस्थित नहुँदै गोल गरेका थिए ।
युनाइटेडले पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा बराबरी गोल फर्कायो । म्याकटोमीनेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसको ३ मिनेट नबित्दै युनाइटेडले अग्रता लियो । यसपटक एन्थोनी मार्सियलले युनाइटेडको आक्रमणमा राम्रो तालमेल सहितको मुभलाई गोलमा परिणत गरे ।

दोस्रो हाफमा अधिकांश खेलाडी परिवर्तन गरेको युनाइटेडले ७७ औं मिनेटमा अग्रता दोब्बर पार्यो । एरिक बेलीको सानदार पासमा रासफर्डले उत्कृष्ट फिनिस गर्दै ३-१ को स्थितिमा पुर्याए । खेलको अन्तिम मिनेटमा ताहित चोङको क्रस मेलबर्नका एडमन्ड लुपान्कुलाई लाग्दै गोल भएपछि युनाइटेड ४-१ ले विजयी रहेको थियो ।
यसअघि सिजनको पहिलो मैत्रीपूर्ण खेलमा युनाइटेडले लिभरपुललाई हराएको थियो । उक्त खेलमा ४-० को जित हासिल गर्दै टेन हागले सुखद सुरुवात गरेका थिए ।
यो पनि :
युनाइटेडले भित्र्यायो अर्जेन्टिनी डिफेन्डर
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]