3 years ago
July 16, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इटालियन क्लब नेपोलीबाट डिफेन्डर कालिडु कौलीबालीलाई अनुबन्ध गरेको छ । चेल्सीले सेनेगलको कप्तान समेत रहेका ३१ वर्षीय डिफेन्डरलाई चार वर्षको सम्झौता गरेर भित्र्याएको हो ।

सन् २०१४ मा बेल्जियमको जेन्कबाट नेपोली आएका कौलीबालीले ३ सय १७ खेल खेले । चेल्सीले लामो समयदेखि उनलाई पछ्याइरहेको थियो । गत सिजनको अन्त्यसँगै टोलीका दुई मुख्य डिफेन्डर एन्टोनियो रुडीगर र आन्द्रिएस क्रिस्टेन्सन बाहिरीएपछि चेल्सीले सेनेगलको राष्ट्रिय टोलीबाट खेलिरहेका डिफेन्डर कौलीबाली अनुबन्धन गरेको हो । कौलीबाली अनुबन्धनमा चेल्सीले ४० मिलियन युरोको हाराहरीमा खर्च गरेको चर्चा छ ।
कौलीबालीले सन् २०१५ मा सेनेगलको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले त्यसयता ६२ खेल खेलेका छन् । सन् २०२१ को अफ्रीका कप अफ नेसन्स जित्दा उनी नै टोलीका कप्तान थिए । चेल्सीमा टड बोहली आएयता कौलीबाली अनुबन्धित हुने दोस्रो खेलाडी बनेका छन् । यसअघि क्लबले ५० मिलियन पाउण्ड खर्चेर म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ अनुबन्ध गरेको थियो ।

कौलीबालीले चेल्सीमा अनुबन्धित हुन पाउँदा खुसी व्यक्त गरे । ‘चेल्सी ठुलो टिम हो । प्रिमियर लिग खेल्ने मेरो सपना थियो । सन् २०१६ मा पनि चेल्सीले भित्र्याउन चाहेको थियो, तर सम्भव भएन । अहिले जब क्लबले प्रस्ताव राख्यो, मैले यहाँ खेल्न चाहेको कारण नै स्वीकार गरें,’ उनले भने ।
‘चेल्सीमा आउन पाउँदा म निकै खुसी छु । जब मैले मेरो नजिकका साथी एडु (मेन्डी) र जोर्जिन्होसँग छलफल गरें । मलाई निर्णय लिन झनै सहज भयो,’ उनले प्रष्ट पारे ।
चेल्सीका मालिक बोहलीले कौलीबालीलाई भित्र्याउन पाउँदा हर्षित भएको बताए । ‘कौलीबाली विश्वका सर्वश्रेष्ठ डिफेन्डरमा पर्छन् । म उनलाई चेल्सीमा स्वागत गर्न पाउँदा हर्षित छु । उनी राम्रो खेलाडी र एक कुशल नेता हुन् । उनको अनुभव र कौशलले हामीलाई धेरै फाइदा पुग्नेछ,’ उनले भने ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]