default_image

2 years ago

July 18, 2022

‘बार्सालाई युरोपको शीर्षस्थानमा पुर्याउन सहयोग गर्छु’ – लेवान्डोस्की

68 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लामो कसरतपछि अन्तत पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई जर्मन च्याम्पियन बायर्न म्युनिखबाट अनुबन्ध गर्यो ।

लेवान्डोस्की अनुबन्धन भएलगत्तै बार्सिलोनासँग अमेरिका टुरमा समावेश भइसकेका छन् । उनलाई सोमबार नै क्लबले आधिकारिक रुपमा प्रस्तुत गर्ने भएको छ । त्यसअघि लेवान्डोस्कीले आवश्यक स्वास्थ्य परिक्षण र कागजी प्रक्रिया पूरा गर्नेछन् ।

बार्सिलोनामा अनुबन्धित भएपछि उनले समर्थकलाई संदेश पनि दिएका छन् । उनले आफू बार्सिलोना आउँदा निकै खुसी रहेको बताए । ‘म बार्सिलोना आउन पाउँदा निकै खुसी छु । बार्सिलोना आउने निर्णय मेरो लागि निकै सहज थियो,’ उनले भने ।

‘अब बार्सिलोना फर्किएको छ । मलाई लाग्छ क्लबलाई युरोपको शीर्ष टोली बनाउन म सहयोग गर्न सक्छु । मलाई उपाधि जित्न मनपर्छ । मेरो लागि यो नयाँ अध्याय हुनेछ र नयाँ चुनौती पनि ।’

‘मेरो लागि व्यक्तिगत रुपमा अवसर पनि हो । मलाई सधैं ला लिगा खेल्न मन थियो र ठूलो टोलीबाट पनि । मैले जाभीसँग छलफल गरिरहेको छु । उनको योजना पनि बुझेको छु । उनी राम्रा खेलाडी थिए र प्रशिक्षकका रुपमा पनि राम्रो भविष्य देख्छु ।’

लेवान्डोस्कीको आगमनपछि बार्सिलोनाको स्थितिबारे बुझ्न यो पनि पढ्नुहोस : आक्रमणमा डरलाग्दो बन्दै बार्सिलोना

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

Success

Thank you for your time.