default_image

2 years ago

July 19, 2022

बेल्जियमको जित, फ्रान्स रोकियो

92 views

0 Bookmark

एजेन्सी – महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

दमदार सुरुवात गरेको फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

एसिल न्यूयोर्क स्टेडियम रोदरह्याम साउथ योर्क सायरमा सोमबार राति भएको खेलमा फ्रान्सले खेलको पहिलो मिनेटमा नै मेल्भिन मालार्डको गोलबाट अग्रता लिएको थियो । उनले क्लारा माटियोको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि फ्रान्सको दुई गोलले भिएआरबाट मान्यता पाएन । ६८औं मिनेटमा मेल्भिनले गोल गरेपनि उनी अफसाइड ठहरिइन् । ८८औं मिनेटमा ग्रेस जियोरोले गोल गरेपनि उक्त मुभमा उनले ह्यान्ड गर्न पुगेको थियो ।

तर, फ्रान्सले त्यो अग्रतालाई अन्तिम समयमा जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डाग्नीले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाएपनि अर्काे खेलमा बेल्जियमले सफलता हात पार्दा आइसल्यान्ड समूह चरणबाटै बाहिरिन पुग्यो ।

यही समूहको अर्काे खेलमा बेल्जियमले इटालीलाई १–० ले पराजित गरेपछि आइसल्यान्डलाई पछि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बेल्जियमको जितमा टिन डि केइगनीले ४९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

समूह ‘डी’ को समूह चरणको अन्तिम दुई खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा फ्रान्सले नेदरल्यान्ड्स तथा बेल्जियमले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ । अर्काे क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्पेन तथा जर्मनी र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ ।

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

May 6, 2024

नेपाल र इङ्ल्यान्ड ‘सि’ आज खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्डरशट टाउनको घरेलु मैदान इबिबि स्टेडियममा सुरु हुनेछ । इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने […]

May 6, 2024

सहाराले उत्कृष्ट क्लबको अवार्ड पाउने

पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले उत्कृष्ट खेलकुद संघ संस्था वा क्लबतर्फको अवार्ड पाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीले आठौं पोखरा स्पोर्टस अवार्ड २०८० मा सहारालाई अवार्ड दिने निर्णय गरेको बताइएको छ । अवार्ड शुक्रबार हुँदैछ । अवार्डको छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल […]

Success

Thank you for your time.