default_image

2 years ago

July 20, 2022

खेलाडी अनुबन्धनमा रियल र बार्सिलोनाको फरक रणनीति

117 views

0 Bookmark

एजेन्सी – सरुवा बजारमा बार्सिलोना आक्रमक रुपमा प्रस्तुत हुँदा रियल म्याड्रिड भने शान्त रहेको छ । बार्सिलोनाले रोर्बेट लेवान्डोवस्कीसहित केहि खेलाडीलाई अनुबन्धन गरेको छ । रियलको योजनामा भने कुनै परिवर्तन देखिएको छैन । रियल खेलाडी थप्ने भन्दा पनि केहि खेलाडीलाई विदाई गर्ने पक्षमा छ ।

रियल र बार्सिलोनाको टोली निर्माणको विषयलाई पनि समर्थकले तुलानात्मक रुपमा हेर्ने गरको छन् । कार्लो एन्सेलोटीकोन नेतृत्वमा रियलले गत सिजन सफलता प्राप्त गरेको थियो । ला लिगा र च्याम्पियन्स लिग जितेको रियलले यो सिजन एन्टोनियो रुडिगर र औरिलेयिन चुआमेनीलाई क्लबमा भित्र्याएको छ । आवश्यक पर्दा कासिमेरोलाई विकल्पका रुपमा सेन्टर ब्याकमा तयार गर्नेमा रियल जुटेको छ ।

रियल नयाँ खेलाडीले भित्र्याउने भन्दा पनि भएका खेलाडीहरुबाट उच्च प्रदर्शनलाई निरन्तरता दिने पक्षमा रहेको छ । बार्सिलोना भने खेलाडी अनुबन्धन्मा आक्रमक रुपमा प्रस्तुत भइरहेको छ । त्यसो त रियलले गत सिजन उत्कृष्ट प्रदर्शन गरेकोमा त्यसैलाई निरन्तरता दिन चाहेको छ । यता बार्सिलोना भने बिर्सनलायक सिजनबाट अघि बढ्न खेलाडी थप्न चाहिरहेको छ ।

स्पष्ट योजना

रियलले रुडिगर र डेभिड अलावालाई लिएर लामो योजना बनाएको छ । त्यसैले पनि यसपटक रियलले धेरै खेलाडी अनुबन्ध गर्न चाहेन । रियलले भिनिसियस र रोड्रिगोलाई केरिम बेन्जेमाको साथमा अग्रपंक्तिमा उतार्ने निश्चित छ । विश्वकप २०२२ पछि भने रियलले केहि नयाँ खेलाडीलाई भित्र्याउन सक्छ ।

एन्सेलोटीले म्यानचेस्टर सिटीबाट ब्राजिलियन ग्राबियल जिससलाई भित्राउन चाहेका थिए । तर, पासपोर्टको विषयले उनको योजना सफल भएन । जिसस प्रिमियर लिग टोली आर्सनलमा आबद्ध भएका छन् । ला लिगा र च्याम्पियन्स लिग उपाधि रक्षाका लागि रियलले हालैकै टोलीमा आशा देखाएको छ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.