default_image

2 years ago

July 20, 2022

युभेन्ट्सका डिफेन्डर बायर्नमा अनुबन्धित

112 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका डच डिफेन्डर म्याथ्थिज डि लेग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । बायर्नले २२ वर्षीय युवा डिफेन्डर म्याथ्थिज डि लेग्टलाई क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

बायर्नले डिफेन्डर डि लेग्टलाई ५ वर्षको लागि ७७ मिलियन युरो (६५.६ मिलियन पाउन्ड) खर्चिएको छ । अब उनी २०२७ सम्म एलिएन्ज एरिनामा रहनेछन् । डि लेग्ट सन् २०१९ मा डच क्लब आयाक्सबाट ५ वर्षको लागि ३६ पटकको सिरी ‘ए’ च्याम्पियन युभेन्ट्समा आबद्ध भएका थिए ।

उनले युभेन्ट्समा तीन सिजन बिताउँदै अन्यत्र क्लब रोजेका हुन् । डि लेग्टले युभेन्ट्सबाट ११७ खेल खेल्दा एक पटक सिरी ‘ए’ र एक पटक कोपा इटालिया जितेका छन् ।

‘म यो महान् क्लबको खेलाडी बन्न पाँउदा धेरै खुशी छु ।’ डि लेग्टले भने, ‘एफसी बायर्न जर्मनीको सबैभन्दा सफल क्लब हो, युरोप र विश्वको सबैभन्दा सफल क्लबमध्ये एक हो । म धेरै खुशी छु कि म अब बायर्नको एक हिस्सा बनेको छु ।’

डि लेग्ट मोटो रकमाा बायर्नमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । यसअघि बायर्नले सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट डिफेन्डर लुकास हर्नान्डेजलाई ८० मिलियन युरो खर्चिएको थियो ।

यस्तै डि लेग्ट बायर्नमा अनुबन्ध हुने दोस्रो डच खेलाडी बनेका छन् । यसअघि बायर्नले मिडफिल्डर रायन ग्रेभेनवर्चलाई क्लबमा अनुबन्ध गरिसकेको छ ।

बायर्नले लिभरपुलबाट फरवार्ड साडियो माने र आयाक्सबाट राइट ब्याक नोसाइर माजराउईलाई पनि अनुबन्ध गरिसक्दा फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा बार्सिलोनामा बेचेको छ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.