default_image

2 years ago

July 20, 2022

लेवान्डोस्की बार्सिलोनामा अनुबन्धित

122 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई जर्मन क्लब बायर्न म्युनिखबाट अनुबन्ध गरेको छ ।

बार्सिलोनाले लेवान्डोस्कीलाई ४ वर्षको लागि ५० मिलियन युरो (४२.६ मिलियन पाउन्ड) खर्चिएको हो । बायर्नमा अझै १ वर्ष सम्झौता अवधि बाँकी रहँदै ३३ वर्षीय लेवान्डोस्कीले क्लब छाड्ने निर्णय गरेका हुन् ।

लेवान्डोस्कीले गत मेमा नै बायर्नसँगको आफ्नो कथा समाप्त भएको घोषणा गर्दै क्लब छाड्ने संकेत दिएका थिए । अब उनी अमेरिका भ्रमणमा रहेको बार्सिलोनाको टोलीमा सामेल हुनेछन् ।

‘म अन्तत यहाँ छु, बार्सिलोनामा रहन पाउँदा धेरै खुशी छु ।’ लेवान्डोस्कीले भने, ‘पछिल्ला केही दिनहरु धेरै लामो भएका छन् । सम्झौता सकियो र अब म मेरो जीवनको नयाँ अध्याय र चुनौतीमा ध्यान केन्द्रित गर्नेछु ।’

‘म सधैं ला लिगा र ठुला क्लबहरुको लागि खेल्न चहान्छु । म यहाँ बार्सिलोनालाई शीर्ष टोली बनाउन र सकेसम्म धेरै उपाधि जिताउन यहाँ आएको छु । ५ सय मिलियन युरोको रिलिज क्लज रहेका लेवान्डोस्की सन् २०१४ मा फ्रि ट्रान्सफरमा बोरुसिया डर्टमुन्डबाट बायर्न पुगेका थिए ।

गत सिजन बायर्नलाई लगातार १०औं पटक बुन्डेस लिगा च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । उनले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए । उनले यही एकै सिजनमा सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडेका थिए ।

लेवान्डोस्कीले बायर्नमा ८ सिजन बिताउँदा ३७४ खेलमा ३४४ गोल गरेका छन् । उनी बायर्नमा गर्ड मुलरपछिको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । बायर्नमा ८ सिजन बिताउँदा उनले आठै सिजन बुन्डेस लिगा जितेका छन् ।

लेवान्डोस्की बार्सिलोनाको चौथो ग्रीष्मकालीन अनुबन्ध हो । यसअघि बार्सिलोनाले लिड्सबाट राफिन्हालाई ५५ मिलियन पाउन्डमा अनुबन्ध गर्दा फ्रान्क केसी र एन्ड्रियास क्रिस्टेन्सेनलाई एसी मिलान र चेल्सीबाट निशुल्क सम्झौता गरेका छन् । फ्रान्सेली विंगर औसमाने डेम्वेलेले पनि बार्सिलोनामा सम्झौता लम्ब्याएका छन् ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.