default_image

2 years ago

July 20, 2022

अमेरिकामा बार्सिलोनाको आधादर्जन गोल

104 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले घरेलु टोली इन्टर मियामी एफसीमाथि ६–० को सानदार जित दर्ता गरेको हो ।

फ्लोरिडामा बुधबार बिहान भएको खेलमा बार्सिलोनाको फराकिलो जितमा पिएरे इमेरिक औवामियाङ, राफिन्हा, अन्सु फाती, पाब्लो गाभी, मेम्फिस डिपाए र औसमाने डेम्वेलेले १-१ गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान तीन गोल गर्न सफल भयो ।

यसै समरमा बार्सिलोनामा आबद्ध भएर डेब्यु खेल खेलिरहेका ब्राजिली राफिन्हाले डेब्यु खेलमै गोल गर्न सफल भए । १९औं मिनेटमा औवामियाङको गोलबाट बार्सिलोनाले अग्रता लिन सफल भयो ।

२५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा अन्सु फातीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० ले अघि बढ्यो । ५५औं मिनेटमा पाब्लो गाभीले गोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अग्रसर बन्यो ।

६९औं मिनेटमा मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोना खेलमा ५–० ले अघि बढ्यो । त्यसको एक मिनेटपछि नै औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई फराकिलो जित दिलाए ।

बार्सिलोनाले प्रि सिजन अन्तर्गत नै अब रियल म्याड्रिडको सामना गर्नेछ । नेपाली समयअनुसार उक्त खेल आइतबार विहान ८:४५ बजे हुनेछ ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.