default_image

2 years ago

July 20, 2022

मेस्सीको गोलमा पिएसजीको जित

145 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाको गोल सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकालेको हो । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए ।

जापान नेसनल स्टेडियम टोकियो जापानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलको ३३औं मिनेटमा मेस्सीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।

५८औं मिनेटमा २० वर्षीय फ्रान्सेली युवा फरवार्ड अर्नाेउ मुइंगाले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसपछि ८४औं मिनेटमा काजुया यामामुराले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो ।

प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो ।

जापानी क्लब कावासाकी फ्रन्टटालेविरुद्ध प्रशिक्षक क्रिस्टोफे गाल्टिएरले पहिलो रोजाईमा अग्रपङ्तिमा मेस्सीसँगै केलियन एमबाप्पे र नेयमारलाई मैदानमा उतारेको थियो ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.