default_image

2 years ago

July 20, 2022

एन्फा बैठकअघि नियुक्तिकै चर्चा

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको बिहीबार बस्ने बैठक सहायक महासचिव नियुक्तीको एजेण्डाका कारण पेचिलो बन्ने सम्भावना देखिएको छ ।

विधानको व्यवस्था अनुसार केन्द्रिय समितिले ३ सहायक महासचिव, प्रमुख कार्यकारी अधिकृत (सिइओ), प्रवक्ता नियुक्त गर्न पाउने प्रावधान छ । ३ सहायक महासचिवका लागि ५ जना आकांक्षी देखिएपछि त्यसको निर्णय दोस्रो बैठकमा नहुने सम्भावना पनि बढेर गएको छ ।

सहायक महासचिवकै विषयमा छलफल गर्न साउन १ गते निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्षबाट निर्वाचित बाहेक १२ जनाको अनौपचारिक बैठक बसेको खुलेको छ । गौरव थापालाई सिइओमा प्रस्ताव गर्नका लागि नियमावली बाधक देखिएपछि विकल्पमा उनलाई सहायक महासचिव बनाउनका लागि एन्फा अध्यक्ष पंकज नेम्बाङमाथि दबाब बढेको छ ।

फिफाबाट १० वर्षको प्रतिबन्धमा रहेका गणेश थापाको समर्थकका रुपमा परिचित एन्फामा निर्विचित पदाधिकारी र सदस्यले थापाका छोरा गौरवलाई जसरी पनि सहायक महासचिवमा नियुक्त गराउन दबाब सृजना गरेको बुझिएको छ । बैठकमा सहभागी सदस्यका अनुसार सहायक महासचिवको ३ जनाको कोटाका लागि ४ जना आकांक्षी देखिएपछि निर्वाचन समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका दामोदर (बद्री ) भट्टराईको अर्को नाम पनि प्रस्ताव गरिएको बताए ।

त्यसपछि भने सहमति हुन सकेन । अनौपचारिक छलफलमा शेर्पा प्यानलबाट निर्वाचित उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीसहित अन्य सदस्यहरुको उपस्थिति थिएन ।

‘वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायतले गौरवको नाममा दबाब दिएपछि अर्का उपाध्यक्ष दावा लामाले अर्को नामका रुपमा भट्टराईको नाम अघि सारेका थिए,’ बैठकमा सहभागी सदस्यले भने ।

थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी, वसन्त आर्याल र दिनेश बन्जनकारलाई सहायक महासचिव मनोनय गर्ने निर्वाचन अघि नै सहमति भएको बुझिएको छ । थापा समर्थकले गौरवको नाममा जोड बलनै गरेपछि भट्टराईको नामले पनि प्रवेश पाएको थियो । जबकी भट्टराईलाई प्रवक्ताका रुपमा एन्फा प्रवेश गराउने सोचमा अध्यक्ष नेम्बाङ रहेका थिए ।

उपाध्यक्ष दावा लामा भने कार्यसमितिले अहिले नियुक्ति भन्दापनि अन्य विषयबारे सोच्न जरुरी रहेको बताउँछन् । ‘हाललाई प्राथमिकतामा राख्नुपर्ने अन्य थुप्रै विषय छन् । नियुक्ति केही पछि गर्दा पनि हुन्छ । अहिलेको अवस्थामा नियुक्तिमा विवाद गर्नुभन्दा पदपूर्ति समिति गठन गरेर प्रक्रियागत रुपमा अघि बढ्नु उचित हुन्छ,’ लामाले भने ।

उता थापाका निकट मानिएका उपाध्यक्ष दीपक खतिवडाले भने सिइओमा एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व कर्मचारी रहेका गौरव र प्रवक्तामा सुरेश शाहको नाम आफूले प्रस्ताव गर्ने बताएका थिए । सिइओका लागि स्नातकोत्तर उत्तीर्ण हुनपर्ने व्यवस्था रहेकोले विकल्पमा गौरवलाई सहायक महासचिव बनाउने कसरत सुरु भएको थियो । असार २ गतेका लागि तय बैठक अध्यक्ष नेम्बाङ विरामी परेपछि स्थगित भएको थियो ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.