default_image

2 years ago

July 21, 2022

स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा

67 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदानमा इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको गोल सान्त्वना बन्यो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ५४औं मिनेटमा स्थर गोन्जालेजको गोलबाट स्पेनले सुरुवाती अग्रता लिएको थियो । उनले एथेनिया डेल कास्टिलोको पासमा गोल गरेकी थिइन् । तर, त्यो अग्रतालाई स्पेनले जोगाउन सकेन ।

८४औं मिनेटमा एला टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले एलसिया रुस्सोको पासमा गोल गर्न सफल भएकी थिइन् । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको छैटौं मिनेट अर्थात ९६औं मिनेटमा जर्जिया स्टानवेले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा २–१ को अग्रता दिलाइन् । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड पूनरागमन जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो । घरेलु टोलीमाथि बल पोसेसन राखेपनि स्पेन फिनिसिङमा चुक्दा क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.