default_image

2 years ago

July 21, 2022

बायर्नको सानदार जित

143 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । बायर्नले डिसी युनाइटेडमाथि ६–२ को सानदार जित निकालेको हो ।

अमेरिकामा बिहीबार बिहान भएको खेलका बायर्नको जितमा साडियो माने, मार्सेल सवित्जर, सर्ज जिनाब्री, म्याथ्थिज डि लेग्ट, योसुवा जिर्कजी र थोमस मुलरले गोल गरे । डिसी युनाइटेडका स्केज सिमोनसेन र थियोडोर कुडिपिट्रोले गोल फर्काए ।

औडी फिल्ड वासिङटनमा भएको खेलको पाँचौ मिनेटमा साडियो मानेको पेनाल्टी गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । १२औं मिनेटमा मार्सेल सवित्जरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा सर्ज जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० ले अघि बढ्यो ।

४७औं मिनेटमा म्याथ्थिज डि लेग्टले गोल गरेपछि बायर्न खेलमा ४–० ले अघि बढ्यो । ५२औं योसुवा जिर्कजीले गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । ५४औं मिनेटमा स्केज सिमोनसेनले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए ।

८३औं मिनेटमा थियोडोरले गोल गरेपछि खेल ५–२ को स्थितिमा ल्याए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.